• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कोरोनाबाट सचेत रहन अध्यक्ष चौधरीको आग्रह

बिरेन्द्र बजार, ६ चैत । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले कोरोना भाइरसबाट नडराउन तर सतर्क रहन आग्रह गरेका छन् ।
सप्तरीको सितापुरमा बिहिवार नोभल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि गाउँपालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले वास्तविकता नबुझी कोरोना भाइरसको त्रासले जनजीवन आतङ्कित भएको बताए । नेपालमा कोरोनाको संक्रमित रोगी छैन अध्यक्ष चौधरीले भने, नडराउनुस तर नेपाल कोरोनाको उच्च जोखिममा रहेकोले सचेत हुन आग्रह गर्दछु ।’
कोरोनाकोबारे फैलाएको भ्रममा नपरी वास्तविकता बुझेर जनचेतना जगाउन स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई निर्देशन दिए । चौधरीले कोरोनाको जोखिम आउन नदिन बजार, विद्यालय, मेला र बढी भिडभाड हुने स्थानमा प्रतिबन्ध लगाउने बताए । उनले कोरोनाबाट बच्न पुर्व सतर्कता अपनाउँदै विश्वयुद्व जस्तो डरलाग्दो युद्वलाई सबै मिलिजुली पराजित गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डा. संजिव कुमार झाले कोरोना भाइरसबारे प्रकाश पार्दै ख्याल ठ्ट्टा भन्दा सबैजना गम्भीर हुन आग्रह गरे । उनले मदिरा सेवनकर्ता र गर्मीमा कोरोना संक्रमित हुदैन भने हल्लाको पछि नपर्न आग्रह गर्दै हाल सम्म कुनै पनि मुलुकले रोगको औषधि पत्ता लगाउन नसकेको बताए । डा. झाले हालसम्म विश्वमा २ लाख मनिस कोरोना संक्रमित भएको तथ्याङ्क प्रस्तुत गर्दै ७ हजार ८ सय जनाको मृत्यु भएको जानकारी दिए ।
उनले माक्स लगाउने तरिकाबारे जानकारी दिदै संक्रमणको लक्षण नदेखिएकाले माक्स प्रयोग गर्नु जरुरी नभएको उल्लेख गरे । जिउँदो पशुबाट बढी छिट्टो संक्रमणको खतरा हुने भएकोले डा. झाले अति आबश्यक काम बाहेक पशुपंछीसंग नजिकिन नहुने बताए । उनले माछामासुको प्रयोगले रोग नसर्ने समेत प्रष्ट पारे ।
डा. झाले माछामासु राम्रोसँग पाकाएर खाँदा कुनै खतरा नहुने सुझाव दिए । अग्निसाई कृष्णासवरन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर खड्गाले लामो दुरीबाट आउने यात्रुलाई लक्षित गरि हेल्पडेस्क राख्ने र सबै वडामा जनचेतनामुलक कार्यक्रम गर्ने जानकारी दिए ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकाद्वारा आयोजित अभिमुखिकरण कार्यक्रममा १ देखि ६ नम्बरसम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिकाका सबै स्वास्थ्य संस्थाका प्रमुख, रेडक्रसका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय महुलीका प्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल सितापुरका प्रतिनिधि , सञ्चारकर्मीहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा प्रमुख जागेश्वर खड्गाले गरे ।