• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अवैध पेट्रोल विक्री गर्ने तीन जना पक्राउ

राजविराज, ५ चैत । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर–५ कुसहा स्थित विभिन्न पसलहरुमा अबैध रुपमा पेट्रोल विक्री गर्ने तीन जना पक्राउ परेका छन् ।
प्रति लिटर एक सय बीस रुपैयाँको दरले बेचिरहेको अवस्थामा सुरूङ्गा नगरपालिका वडा नम्वर ७ का ३७ वर्षिय अरुण चौधरी, ४० वर्षिय अली हसन, सुरुङ्गा नगरपालिका–५ का ३० वर्षिय तेजनारायण भगतलाई पक्राउ गरिएको हो । चौधरीबाट १७ लिटर, हसनबाट पाँच लिटर र भगतबाट २ लिटर पेट्रोल बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कार्वाहीकालागि ईलाका प्रहरी कार्यालय कडरबोनामा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिएका छन् ।