• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
हत्या अभियोगका दुई आरोपी १४ वर्षपछि पक्राउ

राजविराज, २९ फागुन । सप्तरी प्रहरीले हत्या अभियोगमा १४ वर्षदेखि फरार रहेका दुई जनालाई विहिवार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको संयुक्त टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीको तत्कालिन डिमन गाविस वडा नम्वर १ का ५३ वर्षीय सुकदेव यादव र ३७ वर्षीय विनोदकुमार यादव रहेका छन । २०६२ असोज १७ गते सोही ठाउँका दिलीपकुमार यादवलाई गोली हानी हत्या गरेको दुवै जनामाथि आरोप छ ।
हत्या गरेर घटनास्थलबाटै दुवै जना फरार रहेका थिए । खोजी गर्ने क्रममा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुवैमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको जनाएको छ ।