• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

छोरीहरुलाई शिक्षित बनाएर सबल बनाउनुपर्छः नेता प्याकुरेल

छोरीहरुलाई शिक्षित बनाएर सबल बनाउनुपर्छः नेता प्याकुरेल

राजविराज, २३ फागुन । राष्ट्रिय सभा सदस्य एवम् नेकपाका नेता सुमनराज प्याकुरेलले मधेशका छोरीहरु समाजिक कुरितीका कारण अगाडि बढ्न नसकिरहेकोले शिक्षित बनाएर सबल बनाउनुपर्नेमा जोड दिएका छन् ।
कोक्याप काठमाण्डौको सहयोगमा सेतु सामुदायिक विकास तथा मानव अधिकार मञ्चको आयोजनामा सप्तरीको राजगढ गाउँपालिका स्थित माध्यमिक विद्यालय बनैनियाँमा शुक्रवार आयोजित गाउँपालिका स्तरीय व्यक्तित्वकला प्रतियोगितामा बोल्दै उनले यस्तो बताएका हुन् । तुलनात्मक रुपमा छोराभन्दा छोरी अझैं पछाडि रहेको बताउँदै उनले प्रमुख अतिथि प्याकुरेलले भने ‘मधेशमा बालविवाह, दाइजो, महिला हिंसा, जातीय छुवाछुत लगायतका समस्या व्याप्त छ, त्यसैले छोरीहरुलाई शिक्षित बनाएर सबल बनाउनुपर्छ ।’
नेपालको संविधानले महिलाहरुलाई हरेक क्षेत्रमा ३३ प्रतिशत सहभागिताको सुनिश्चितता गरेको भन्दै उनले निर्भिकताकासाथ अगाडि बढ्नुपर्नेमा जोड दिए । स्थानीय तहहरुमा पर्याप्त बजेट आउने गरेको भए पनि त्यसको यथोचित सदुपयोग हुन नसकेको भन्दै आफ्नो गाउँ–ठाउँको विकासप्रति सजग बन्न प्रमुख अतिथी प्याकुरेलले आग्रह गरे । ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिना दिवसको अवसर पारेर लैङ्गिक मैत्री समाज निर्माणमा मेरो भूमिका विषयक व्यक्तित्वकला प्रतियोगितामा माध्यमिक विद्यालय राजगढका छात्रा कञ्चन कुमारी मण्डल प्रथम भएकी छिन् । प्रतियोगितामा राजगढ गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयका ९ जना छात्र–छात्राको सहभागिता रहेको थियो ।
कार्यक्रममा राजगढ गाउँपालिका वडा नम्वर २ का अध्यक्ष ललित प्रसाद सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष परमानन्द यादव, शिक्षा समन्वय ईकाईका प्रमुख फनिन्द्र खत्री, कोक्यापका केन्द्रिय उपाध्यक्ष आभासेतु सिंह, सेतु सामुदायिक तथा मानव अधिकार मञ्चका अध्यक्ष जंगबहादुर सिंह, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव लगायतले छात्रछात्राहरुद्वारा प्रस्तुत गरिएको वक्ततृत्वकला शैलीको प्रसंशा गरे । छोरा जस्तै छोरीलाई पनि शिक्षादिक्षाका साथै समुचित वातावरण पाउनुपर्ने आवश्यकता औंल्याउँदै छोराहरुले गर्न नसक्ने अभूतपूर्व क्षमता छोरीहरुमा रहेकोले उसको क्षमतालाई प्रष्फुटित हुन दिनुपर्नेमा वक्ताहरुले जोड दिए । कार्यक्रममा बनैनियाका प्रधानाध्यापक सुभाषचन्द्र दासले स्वागत मन्तव्य व्यक्त गरे ।