बृजमान तामाङ
अग्निसाईर कृष्णासवरन, २३ फागुन । सप्तरीको खडक नगरपालिकाको प्रशासकीय भवन एक समारोहका बिच शिलान्यास गरिएको छ ।
खडक नगरपालिका वडा नम्बर–७ स्थित कल्याणपुर बजारमा बन्न लागेको भवनको शुक्रबार नगर प्रमुख हेमायु हकले शिलान्यास गरेका हुन् । खडक नगरपालिकाका उपप्रमुख यासमिन सुल्तानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख हकले ईटामा बालु सिमेन्ट लगाएर भवनको शिलान्यास गरे । भवन शिलान्यास समारोहमा रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादव, समाजवादी पार्टीका मधेस प्रदेश समितिका सदस्य एबम सप्तरी जिल्ला सह ईन्चार्ज रामाकान्त चौधरी, खडक नगरपालिका अध्यक्ष बिनोद कुमार चौधरी, नेपाली कांग्रेसका नेता मदन कुमार चौधरी, खडक नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राकेश कुमार साह, भिम दल गण सर्प दंश केन्द्र कल्याणपुरका प्रमुख क्याप्टेन सोम बहादुर राई, ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी निरीक्षक धर्मराज मुडभरी, पुर्व गाबिस सचिव रामकिसुन साह, सबल नेपालका नीर आले मगर, एसएनभीका कृष्ण जिसि लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
खडक नगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष भगवती प्रसाद चौधरीले संचालन गरेको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत ईन्द्रदेव यादवले गरे । ओम साईराम कन्ट्रक्सन सातदोबाटो ललितपुरले ठेक्का लिएको भवन २०७८ माघ २१ गतेभित्र सक्ने लक्ष्य लिएको छ । सुविधा सम्पन्न कार्यालय कक्ष सहितको तीन तले भवनको कुल लागत ११ करोड ८१ लाख,७३ हजार ६ सय सात रुपैयाँ रहेको छ ।
भवन निर्माणकालागि खडक नगरपालिका र स्थानीय तहको प्रशासकीय भवन पुर्वाधार विकास कार्यक्रमबाट सहयोग प्राप्त भएको जनाएको छ ।