जनकपुरधाम, २२ फागुन । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नभएका कारण वेपत्ता परिवारले अभैm न्याय पाउन नसकेको आरोप लगाएका छन् ।
बिहीबार जनकपुरमा आयोजित पीडित तथा सरोकारवालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिए । वेपत्ता पारिएको व्यक्तिको छानविन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले आउँदो केही समयभित्रै वेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गरे ।
प्रदेश २ मा रहेको एक सय ६ बेपत्ता परिवारको न्यायको लागि प्रदेश सरकारले आप्mनो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले प्रतिवद्धता व्यक्त गरे । बेपत्ता परिवारको समस्यालाई अब नबल्झाऔ, उनले भने ‘चाँडो भन्दा चाँडो निक्र्यौलमा पुर्याऔं ।’ परिवारका सदस्य गुमाएकाहरुको पीडा कम गर्नकोलागि पनि न्याय दिनुपर्ने उनले तर्क गरे । वेपत्ता पारिएको व्यक्तिको छानविन आयोगका आयुक्त युवराज सुवेदीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गरे ।
उक्त अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, आयोगका सह–सचिव इश्वरी प्रसाद ढकाल, सदस्य सुनिलरञ्जन सिंह लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा सहभागी वेपत्ता परिवारका सदस्यहरुले आप्mनो पीडा पोख्दै साँश कि लास दिनुपर्ने माग गरे ।