• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

दुई दर्जन नेता तथा कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश

दुई दर्जन नेता तथा कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश

राजविराज, २१ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिका–५ मा बुधवार आयोजना गरिएको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन नेता तथा कार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
नगर समितिका संयोजक अरुणकुमार यादवको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य अनिरुद्ध प्रसाद सिंह यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल परित्याग गरी नेता तथा कार्यकर्ताहरुले समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा बोदे बरसाईन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह, वडा अध्यक्षहरु धिरेन्द्र प्रसाद यादव, अनोजकुमार यादव, जयनारायण साह, लक्ष्मी साह, तपसी यादव, समाजवादी थारु नेपालका केन्द्रिय सचिव रामप्रसाद भगत लगायतको उपस्थिती थियो । कार्यक्रममा उद्घोषण भने स्थानीय युवा नेता दिपेन्द्रप्रसाद यादवले गरेका थिए ।