• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पुनः जङ्गलमा एक महिलाको शव फेला

वृजमान तमाङ्ग
विरेन्द्र बजार, २१ फागुन । सप्तरीको जङ्गलमा शंकास्पद रुपमा एक युवती मृत अवस्थामा भेटिएको घटना सेलाउन नपाउँदै मङ्गलवार पुनःअर्की महिलाको शव फेला परेकोे छ ।
गत आईतवार गोठालो गएकी अग्निसाईर कृष्णासवरन गाउँपालिका–१ की ५५ वर्षीया मजादेवी सरदार मृत अवस्थामा भेटिएकी छन । सोही ठाउँकी बैजनाथदेवी थरुनीको घरमा बस्दै आएकी उनी जङ्गलबाट घर नफर्किएपछि खोजतलाशकालागि प्रहरीमा निवेदन परेको थियो ।
सोही क्रममा सरदार मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्राले जानकारी दिए । ‘घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शव पोष्टमार्टमकालागि राजविराजस्थित गजेन्द्रनारायण अस्पताल पठायो’ उनले भने–‘शवको प्रकृति अनुसार हात्तीले आक्रमण गरि मारेको हुनसक्छ, बाँकी पोष्टमार्टम रिर्पोटबाट मात्रै खुल्छ ।’
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक मिश्राले बताउनुभयो । यसअघि गत फागुन ६ गते मात्रै रुपनी गाउँपालिका–६ स्थित जङ्गगलमा २२ वर्षीया एक युवतीको शव फेला परेको थियो । सो युवतीको अझैसम्म पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।