• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रुपनीमा सञ्चालित चुरे संरक्षणको प्रतिवेदन सार्वजनिक

रुपनीमा सञ्चालित चुरे संरक्षणको प्रतिवेदन सार्वजनिक

रुपनी, २१ फागुन । सप्तरीको रुपनी गाउँपालिकामा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिद्वारा सञ्चालित कार्यक्रमको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमका उपभोक्ता समितिहरुले मङ्गलबार एक समारोहका बिच कार्यक्रमको प्रतिबेदन सार्वजनिक गरेको हो । कार्यक्रममा दुधैला ठाकुर उपभोक्ता समितिका अध्यक्ष कुमार मान श्रेष्ठले ५५ लाखको काम सम्पन्न गरिसकेको प्रतिवेदन प्रस्तुत गरे ।
उनले जनश्रमदान समेत गरि ७० लाखमा नदी तथा खोला किनारा स्तरिकरणको काम जारी राखेको समेत जानकारी गराए । यस्तै नदी तथा खोला किनारा स्तरिकरण र व्यवस्थापन दुधैला खोला उपभोक्त समितिका सचिब भुपेन्द्र सिंह घले मगरले ४१ लाख बराबरको काम सम्पन्न गरेको प्रतिवेदन सार्वजनिक गरे ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण बिकास समिति सलकपुर मोरङ्गको ६० लाख र जनश्रमदान गरि ७० लाखमा सम्पन्न हुने काम भईरहेको बताए । यसैगरी पन्चवती देवि पोखरी निर्माण उपभोक्त समितिका अध्यक्ष लालबहादुर चौधरीले पोखरी निर्माणमा हालसम्म भएको खर्च र कामको प्रतिवेदन सार्वजनिक गरे । प्रस्तुत प्रतिवेदन अनुसार १५ लाखको लागतमा निर्माणधिन पोखरीमा ११ लाख पचास हजारको काम भईसकेको तथा चैतको पहिलो सता काम सम्पन्न गरिसक्ने बताएको छ ।
कार्यक्रम सार्वजनिकरण समारोहमा रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोबिन्द सिंह थापा मगर, पत्रकार बृजमान तामाङ, राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिती कार्यक्रम कार्यान्वयन ईकाई सलकपुर मोरङ्गका ईन्जिनियर अनिल कुमार चौधरीले तोकिएको समय सिमामै काम सम्पन्न गर्न सफलता हासिल होस भन्दै शुभकामना दिए । पञ्चावती देवि पोखरी निर्माण उपभोक्त समितिका अध्यक्ष लाल बहादुर चौधरीद्वारा सञ्चालित कार्यक्रमको संचालन स्थानीय बिष्णु थापा मगरले गरे ।