Top_Header_Right_Add

थरुहट थारुवान मोर्चाद्वारा मसाल जुलुस प्रदर्शन

थरुहट थारुवान मोर्चाद्वारा मसाल जुलुस प्रदर्शन

बृजमान तामाङ
अग्निसाईर कृष्णासवरन, १९ फागुन । सप्तरीको खडक नगरपालिका स्थित कल्याणपुरमा सोमबार थरुहट थारुवान राष्ट्रिय मोर्चा सप्तरीले मसाल जुलुस प्रदर्शन गरेको छ ।
पुर्वघोषित फागुन २० र २१ गतेको तराई थरहट क्षेत्र बन्दको पुर्वसंध्यामा मोर्चाले मसाल जुलुस प्रदर्शन गरेको हो । थारहट थारुवान राष्ट्रिय मोर्चा सप्तरीका संयोजक ईशु लेखीको नेतृत्वमा निकालिएको मसाल जुलुस कल्याणपुर बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्वोधन गर्दै वक्ताहरुले सांसद रेशम चौधरीको रिहाई लगायतका थारुवान थरहट राष्ट्रिय मोर्चाको १४ बुंदे माग र मुद्वा पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । वक्ताहरुले मोर्चाद्वारा घोषित दुई दिने बन्दलाई सफल पार्न सहयोग गरिदिन आव्हान समेत गरे । थारुवान मोर्चाको आन्दोलनलाई खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीले समेत बिज्ञापति जारी गर्दै एक्यवद्धता जनाएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer