राजविराज १८ फागुन । सप्तरीमा वर्षौदेखि जिर्ण रहेको सडकका कारण सर्वसाधारणलाई समस्या हुन थालेपछि मर्मत सम्भार गराउनेतर्फ ध्यानाकर्षण गराउन प्रतिनिधि सभा सदस्यसहितका नेताहरुले सक्रिया देखाएका छन ।
आईतवार प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरीको नेतृत्वमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालआवद्ध आधा दर्जन नेताहरुले प्रमुख जिल्ला अधिकारी सुनील खनाललाई सडक मर्मत सम्भार गराउनेतर्फ ध्यानाकर्षण गराएका छन । सप्तरी क्षेत्र नम्वर ३ बाट निर्वाचित सांसद चौधरीको नेतृत्वमा राजपाका केन्द्रिय सदस्यहरु दिनेश कुमार यादव, विशेश्वर रजक लगायतले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका हुन् ।
ध्यानाकर्षण गराउँदै सासद चौधरीले अविलम्व जिर्ण सडक मर्मत कार्य सुरु नगरिए धर्ना बस्ने चेतावनी समेत दिए । ‘सदरमुकाम राजविराज जोडने मुख्य सडक मानिएको राजविराज–हनुमाननगर, राजविराज–छिन्नमस्ता, राजविराज–कुनौली सडक खण्ड बर्षौदेखि जिर्ण छ’ उनले भने–‘उता, पातो–कठौना, शम्भुनाथ–बनैनिया सडक खण्डको अवस्था पनि फरक छैन, जसका कारणले सर्वसाधारणलाई समस्या खेप्नु परेको छ ।’
उनले पातो–कठौना तथा शम्भुनाथ–बनैनिया सडक खण्डमा निमार्ण कार्य सुरु भएर २ वर्ष वितिसक्दा समेत निर्माण कार्य पुरा नभएको बताए । ‘तथापी, सडक डिभिजन कार्यालयको ध्यान पुगेको छैन’ उनले भने–‘अविलम्व ठेकेदार कम्पनीलाई भिकाएर कारवाही गर्नुस्, अन्यथा धर्ना बस्न बाध्य हुन्छु ।’
टोलीमा रहेका राजपा आवद्ध नेताहरुले पनि जिर्ण सडक मर्मत सम्भारतर्फ अझै ध्यान नपु¥याएर आन्दोलन चर्काउने प्रतिक्रिया दिएका छन । सोही क्रममा प्रमुख जिल्ला अधिकारी खनालले सडक मर्मत सम्भार गराउने विषयलाई गम्भिरतापूर्वक लिएको बताए । ‘सम्वन्धित पक्षलाई राखेर समस्या समाधान गर्नेतर्फ गम्भिर भएर अघि बढ्छौं’, उनले भने ।
राष्ट्रिय
जिर्ण सडकहरु मर्मत सम्भार गराउन प्रजिअलाई ध्यानाकर्षण
मर्मत कार्य अविलम्व सुरु नगरिए धर्ना बस्ने सांसद चौधरीद्वारा चेतावनी