राजविराज, १४ फागुन । स्व. गजेन्द्रनारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा लौनियाद्वारा को मधेपुरा २० रनले तथा तिलाठिद्वारा को.बर्साइन २१ पराजित भएको छ ।
सप्तरी क्रिकेट संघ संघको सहकार्य तथा तिलाठि कोईलाडी गाउपालिकाको आयोजनामा माध्यमिक विद्यालय बभनगामा कट्टीको मैदानमा सञ्चालित क्रिकेट प्रतियोगिता अन्र्तगत बर्षाले प्रभावित बुधवार सम्पन्न पहिलो खेलमा लौनियाले टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित १० ओभरको खेलमा ७ बिकेट गुमाई ७० रनको योगफल तयार पारेका थिए । लौनियाका लागि दिलिप कुमार मण्डल १३, दिनेश कुमार मण्डल ११ र सरोज मण्डलले १० रनको योगदान दिएका थिए । बलिङ्गतर्फ को मधेपुराका रशिराज सिंह र धिरु यादवले सामान २ विकेट लिए भने प्रमोद यादवले १ बिकेट लिएका थिए ।
७१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको कोमधेपुरा ६ बिकेटको नोक्सानीमा ५१ रन मात्र बनाउन सफल भएका थिए । को मधेपुराका लागि आदित्य सिंहले १७, रशि राजसिंहले ११ तथा शिवशंकर मण्डलले नटआउट रहि ११ रनको योगदान दिएका थिए । बलिंग तर्फ लौनियाका सुरेश राम र शिवराम मण्डलले सामान २ बिकेट लिएका थिए भने दिनेश कुमार मण्डल र धिरेन्द्र मण्डलले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच लौनियाका सुरेश राम घोषित भएका थिए ।
बुधवार नै सम्पन्न एक अर्को खेलमा को बर्साइनले टसजिती पहिलो ब्याटिंगको लागि तिलाठिलाई ब्याटिंगको लागि निम्तो दिए पछि ब्याटिंग गर्न ओर्लेको तिलाठिले बर्षाले प्रभावित खेलमा निर्धारित ८ ओभरमा ४ बिकेटको नोक्सानीमा ६७ रनको योगफल तयार पारेका थिए । तिलाठिका लागि बिष्णु मण्डलले ३२ तथा रोशन यादवले नटआउट रहि १७ रनको योगदान दिएका थिए । बलिंग तर्फ को बर्साइनका पिन्टु मण्डलले २ तथा राजेश दासले १ विकेट लिएका थिए ।
६८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको को.बर्साइन ८ ओभरमा २ बिकेट गुमाई ४६ रन मात्र बनाउन सफल भएका थिए । कोबर्साइनका लागि दिपेश सरदारले नटआउट रहि २३ बलमा ३२ रनको योगदान दिएका थिए भने अन्य कसैले दोहोरो अंक छुन सकेका थिएन । तिलाठिका लागि रोशन यादव र चन्दन कुमार झाले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच तिलाठिका रोशन यादव घोषित भएका थिए ।
प्रतियोगिता अन्र्तगत बिहिवार पहिलो खेल सकरपुरा र को बर्साइन बिच तथा दोश्रो खेल कोईलाडि र तोपा बिच हुने जानकारी तिलाठि कोईलाडि गाउँपालिकाका अधिकृत राजेश झाले गराउनु भएको छ ।