राजविराज, २ फागुन । नेपाल सरकारले निजी विद्यालयहरुलाई हेर्ने दृष्टिकोण विभेदपूर्ण रहेको शुक्रवार राजविराजमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) सप्तरीद्वारा आयोजित छैठौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् । सरकारले ल्याउन लागेको शिक्षा नीतिले निजी विद्यालयहरु तहस–नहस हुने अवस्था आउन लागेको वक्ताहरुले बताए । सरकारले आफ्नो दृष्टि नसत्याईए आफुहरु आन्दोलन गर्नु वाहेकको विकल्प नरहेको उनीहरुको भनाई थियो । निजी विद्यालयहरुमा नयाँ शैक्षिक शत्रमा पाठ्यपुस्तकको अभाव हुनसक्ने भन्दै सञ्चालकहरु सजग हुनुपर्नेमा उनीहरुले जोड दिए ।
एनप्याव्सन सप्तरीका अध्यक्ष बौकु साहको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन समारोहमा केन्द्रिय कोषाध्यक्ष प्रताप थापा, केन्द्रिय सल्लाहकार पाण्डव ठकुरी, प्रदेश संयोजक जयप्रकाश चौधरी, सिरहा अध्यक्ष प्रदीप कुमार तिवारी, उदयपुरका अध्यक्ष सुमन कुमार चौधरी, धनुषाका अध्यक्ष अवधेश तिवारी, नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादव, पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहलगायतले मन्तव्य व्यक्त गरे ।