• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पत्रकार भूषण सिंहलाई मातृशोक, महासंघ सप्तरीद्वारा शोक व्यक्त

पत्रकार भूषण सिंहलाई मातृशोक, महासंघ सप्तरीद्वारा शोक व्यक्त

राजविराज, २८ माघ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यसमिति सदस्य भूषण कुमार सिंहलाई मातृशोक परेको छ ।
पत्रकार सिंहका आमा उम्दा देवी सिंहको मङ्गलवार विहान ११.२० बजेको समयमा ८२ वर्षको उमेरमा निधन भएको हो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–४ सकरपुरा निवासी पत्रकार सिंहका माता उम्दा देवीको निधनप्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीले शोक समवेदना जारी गर्दै दुःख व्यक्त गरेको छ ।
महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव र सचिव जितेन्द्र कुमार झाले मङ्गलवारै शोक वक्तव्य जारी कार्यसमिति सदस्य सिंहका आमा उम्दा देवीको निधनको खबरले महासंघ स्तब्ध भएको भन्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारलाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी कामना गरेको छन् ।
उम्दा देवी विगत केही महिनादेखि क्यान्सर रोगबाट जुझ्दैआएकी थिईन् ।
उनका चार छोरा क्रमशः विजय कुमार सिंह, सोहन सिंह, अरबिन्द कुमार सिंह र कान्छो छोरा भूषण कुमार सिंह रहेका छन् । यसैगरी दुई छोरी अरुणा कुमारी सिंह र रानी कुमारी सिंह छिन् । मृतक उम्दा देवीको अन्तिम संस्कार हिन्दू परम्परा अनुसार आफ्नै गाउँ सकरपुरामा बुधबार विहान ९ बजेको समयमा गरिने जनाईएको छ ।
पत्रकार भूषण अंग्रेजी पत्रिका ‘द पब्लिक मेमो’का सह–सम्पादक तथा प्रकाशक हुन् । उनी करिब डेढ दशकदेखि विभिन्न रेडियोहरुमा कार्यरत रहँदैआएका छन् ।
यसै बिच प्रेस नेपाल सप्तरीका कार्यवाहक अध्यक्ष बृजमान तामाङ्गले समेत समेत कार्यसमिति सदस्य सिंहलाई मातृशोक परेको खबरले आफुहरु मर्माहित भएको भन्दै दुःख व्यक्त गरेका छन् । दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।