राजविराज, २५ माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइन स्थित प्रहरी चौकी को.बर्साइनको नवनिर्मित भवन शनिवार उद्घाटन गरिएको छ ।
तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईन्जिनियर लोकेशचन्द्र सिंहको प्रमुख आतिथ्यमा भवन उद्घाटन गरिएको हो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, २ नम्वर प्रहरी प्रशिक्षण तालिम केन्द्र जनकपुर (सम्पर्क कार्यालय राजविराज)का समादेशक प्रहरी वरिष्ठ उपरीक्षक हरिराज वाग्ले, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाई, प्राविधिक प्रहरी उपरीक्षक रामकुमार चौधरी, युएनओपिएसका आयोजना प्रमुख कोमल कार्की, ओपरेशन प्रमुख पूर्व प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र प्रसाद न्यौपाने, सामुदायिक प्रहरीका अध्यक्ष हित नारायण लाल दास, वडा अध्यक्षहरु, पार्टी प्रतिनिधीहरु समेतको उपस्थिति थियो ।
यसैगरी दोस्रो भवन उद्घाटन कार्यक्रममा सप्तरीको बोदेबर्साइन नगरपालिका–५ बोदेबर्साइन स्थित नवनिर्मित ईलाका प्रहरी कार्यालय भवन बोदेबर्साइनको उद्घाटन गरिएको छ । नगरपालिकाका मेयर आतेस कुमार सिंहको अध्यक्षतामा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईन्जिनियर लोकेशचन्द्र सिंहको प्रमुख आतिथ्यमा उक्त भवनको उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।