• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई उम्काउन खोजेको छः अध्यक्ष शाह (भिडियो हेर्नुहोस्)

ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई उम्काउन खोजेको छः अध्यक्ष शाह (भिडियो हेर्नुहोस्)

राजविराज, २४ माघ । नेपाली जनता दलका राष्ट्रिय अध्यक्ष हरिचरण शाहले ललिता निवास जग्गा प्रकरणमा सरकारले राजनितिक भागभण्डाको आधारमा पूर्व प्रधानमन्त्रीहरु उम्काउन खोजेको आरोप लगाएका छन ।
शुक्रवार सप्तरीको राजविराज विमानस्थलमा न्युज टुडेसँग संक्षिप्त कुरा गर्दै नेता शाहले सो प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल तथा डा. बाबुराम भट्टराईमाथि पनि तत्काल कारवाही प्रक्रिया अघि बढाउनुपर्ने धारणा सार्वजनिक गरेका हुन् । ‘ललिता निवासको १ सय १३ रोपनी जग्गा विक्री प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षको हैसियतमा तत्कालिन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि रहनु भएको थियो’ उनले भने–‘त्यसैले उहाँहरुलाई पनि तुरुन्तै नियन्त्रणमा लिएर छानवीन तथा कारवाही प्रक्रिया अघि बढानुपर्ने आवश्यकता छ ।’
सार्वजनिक सम्पत्ति बदनियत पूर्ण रूपमा व्यक्तिका नाममा दिने कुरा नीतिगत निर्णय हुन नसक्ने भन्दै नेता शाहले त्यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने प्रक्रियामा संलग्न मन्त्रीहरु दोषी नै रहेको स्पष्ट पारे । ‘मन्त्रिपरिषद्मा यस्तो प्रस्तावत पेस गर्ने मन्त्रीहरु त दोषी हुन नै’ उनले भने–‘मन्त्रिपरिषद्मा प्रस्ताव सदर गर्ने र कार्यान्वयन गर्न, गराउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री र संलग्न अन्य अधिकारीहरू उतिकै दोषी हुन् ।’
त्यसैले सो अपराधबाट कसैले पनि उन्मुक्ति पाउन नहुने जिकिर गर्दै नेता शाहले तर सरकारले भागभण्डाको आधारमा तत्कालीन प्रधानमन्त्रीसहितका संलग्न अन्य अधिकारीहरुलाई उम्काउन खोजेको बताए । नेता शाहले नेकपाका महासचिव विष्णु पौडेल र उनका छोरा नवीनलाई पनि अख्तियारले उन्मुक्ति दिएकोमा समेत आपत्ति प्रकट गरे ।