• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मेयर साहलाई हातपात गर्ने ६ जनामाथि मुद्दा दर्ता

मेयर साहलाई हातपात गर्ने ६ जनामाथि मुद्दा दर्ता

राजविराज, २३ माघ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साहमाथि हातपात गर्नेहरुमाथि बिहीवार मुद्दा दर्ता गरिएको छ ।
मेयर साहमाथि आक्रमण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले डाक्नेश्वरी नगरपालिका ५ का अमरेन्द्र यादव, अर्जुन यादव, महेश्वरप्रसाद यादव, वडा नम्बर ३ का राजिवकुमार राय, ज्योतिषकुमार राय, वडा नम्बर ७ का गजेन्द्रप्रसाद साहमाथि मुद्दा दर्ता गरिएको छ ।
डाक्नेश्वरी नगरपालिका वडा नम्वर–५ पातो स्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाने क्रममा बाटोमै मङ्गलबार मेयर साहसहित कर्मचारीलाई रोकेर हातपात गरेको थियो । उक्त घटनामा संलग्न व्यक्तिहरुमा मुद्दा दर्ता भएपछि शुक्रवारदेखि जिल्लाको १८ वटै स्थानीय तह सुचारु हुने जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले दिएका छन् ।