राजविराज, २३ माघ । सप्तरीको खडक नगरपालिका वडा नम्वर–११ बनौलीमा सञ्चालित ‘विद्यापति गोल्डकप फुटबल प्रतियोगिता २०७६’को उपाधी सलहेश युवा फुटबल टिम लहान–१२ भोटिया टोलले उचालेको छ ।
स्थानीय खेलमैदानमा विहिवार सम्पन्न फाइनल खेलमा सनराईज युथ क्लब खडक–६ चुकवालाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै भोटिया टोलले उपाधि हात पारेका हो । युवाहरुको अगुवाई तथा विद्यापति सामाजिक विकास केन्द्र नेपालको संयोजनमा आयोजना गरिएको प्रतियोगिताको फाइनल खेलका विजेता र उप–विजेतालाई विहिवारै आयोजित एक समारोहकाबीच पुरस्कार प्रदान गरिएको छ ।
वडा नम्वर ११ का अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षता तथा खडक नगरपालिकाका मेयर हेमायु हकको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच उनीहरुलाई पुरस्कार प्रदान गरिएको हो । फाइनल खेलका विजेता भोटिया टोललाई मेयर हकलाई नगद ३५ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र तथा उप विजेता सनराईज युथ क्लबलाई वडा अध्यक्ष चौधरीले नगद २५ हजार रुपैयाँ, कप र प्रमाण पत्र हस्तान्तरण गरेको विद्यापति सामाजिक विकास केन्द्रका अध्यक्ष धर्मनाथ यादवले बताएका छन् । यसैगरीलाई खेलको म्यान द म्याच विजेता टिमका सोनम मगरलाई समेत पुरस्कार प्रदान गरिएको जनाएको छ ।
समारोहमा बोदे बरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह, पूर्व अन्तर्राष्ट्रिय खेलाडी कानन् चौधरी, रोताहा कन्ट्रक्शनका प्रनितिनिधि दिपेन्द्र दाहाल लगायतको उपस्थिती थियो । सोही समारोहमा प्रतियोगितामा सहयोग पु¥याएको भन्दै एक दर्जनभन्दाबढी व्यक्तित्वहरुलाई कदर पत्र समेत प्रदान गरिएको छ ।
