• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश २ मा सुरक्षित बेटी अभियान

घरबाटै छोरीलाई मजबुत बनाउनु पर्छः मुख्यमन्त्री राउत
प्रदेश २ मा सुरक्षित बेटी अभियान

धनुषा, २० माघ । ‘बेटी पढाउ बेटी बचाउ’ अभियानले चर्चा पाईरहँदा प्रदेश नम्वर २ को सरकारले छोरीहरुलाई निर्भिक बनाउन सुरक्षित बेटी अभियान सञ्चालनमा ल्याएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘महिला हिंसा विरुद्ध शुन्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता’ मुल नाराकासाथ शुरु गरेको सुरक्षित बेटी अभियानको मुख्यमन्त्री लालबाबु राउतले औपचारिक शुभारम्भ गरिएको हो । अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले समाजिक बनौट र पारिवारिक वातारणले छोरीलाई कमजोर बनाएको उल्लेख गर्दै उनीहरुलाई मजबुत बनाउन घरबाटै पहल गर्नु पर्नेमा जोड दिए ।
छोरी जन्मेदेखि नै परिवार र समाजले गर्ने व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री राउतले भने ‘हामीले भन्न सक्नुपर्दछ, छोरी कमजोर होइन, छोरी बलिया हुन्, जे पनि गर्न सक्दछन ।’ यो अभियान अन्तर्गत जनचेतनामुलुक कार्यक्रमहरु, महिला हिंसा विरुद्धको ऐन कानूनबारे जानकारी, आवश्यक कानूनहरुको निर्माण तथा अपराधीलाई कडा भन्दा कडा सजाय दिने जस्ता कार्यक्रम गरिने जनाइएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्त्रीहरु, राज्यमन्त्रीहरु, प्रदेश सभा सदस्यहरु विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।