• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तिलाठीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

तिलाठीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता

राजविराज, २० माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर १ तिलाठीमा अन्तर्राष्ट्रिय कुस्ती (दङ्गल) प्रतियोगिताको आयोजना गरिएको छ ।
सरस्वती पुजनोत्सव तथा बसन्त पञ्चमीको अवसरमा तीन दिवशीय अन्तर्राष्ट्रिय कुश्ती प्रतियोगिताको आयोजना गरिएको हो । माघ २१ गते मङ्गलवारसम्म हुने कुश्ती प्रतियोगितामा नेपाल–भारतका महिला तथा पुरुष कुश्तीवाजको सहभागीता रहेको आयोजक समितिले जनाएको छ ।
सरस्वती पुजनोत्सव तथा बसन्त पञ्चमी मेला समिति तिलाठीले आयोजना गरेको प्रतियोगितामा भारतका चण्डीगढ, बनारस, राजस्थान, बलीया, छत्तिसगढ, सुपौल, सहरसा तथा दरभंगा तथा नेपालको सप्तरी, सिरहा, सुनसरी, बारा, पर्सा, रौतहट, कपिलवस्तु र मोरङ्ग जिल्लाका कुश्तीवाजहरुको सहभागीता रहेको छ ।