• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वास्तविक रक्षक सिमाक्षेत्रका नेपाली जनताः सशस्त्र प्रहरी महानिरीक्षक

वास्तविक रक्षक सिमाक्षेत्रका नेपाली जनताः सशस्त्र प्रहरी महानिरीक्षक

राजविराज, १९ माघ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सिमा सुरक्षाकालागि प्रहरीलाई जनताको सहयोग भए मात्र यो समस्याको समाधान हुने कुरा बताएका छन् ।
सप्तरीको बोदेवर्साइन नगरपालिकामा आइतवार सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउटपोष्ट उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सिमाको सुरक्षाकालागि बर्दिधारी प्रहरी त खटेकै हुन्छन्’ उनले भने ‘यसमा बिना वर्दिका जनताले पनि सहयोग गरे मात्र उद्देश्य पुरा हुन सक्दछ ।’
सिमा सुरक्षाकालागि सिमा स्तम्भको मात्र भर परेर काम नचल्ने भन्दै वास्तविक रक्षक त सिमाक्षेत्रका नेपाली जनता नै रहेको उनको भनाई थियो । छ ओटा बोर्डर आउटपोष्ट रहेको सप्तरीमा तीन ओटा थपिन लागेको भन्दै योगिनिया र बेल्हीमा पनि चाँडै यसको स्थापना हुने उनले बताए । सिमाको सुरक्षामा खटेका भारतीय प्रहरी भन्दा सशस्त्र प्रहरी बलमाथि बढी क्षेत्र हेर्नुपर्ने जिम्मेवारी रहेको भन्दै अहिले पनि ८.६ किलोमिटर क्षेत्रको जिम्मेवारी एउटा बोर्डर आउटपोष्टमाथि रहेको जानकारी दिए ।
उद्घाटन समारोहमा बोदेवर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवले बोर्डर आउटपोष्ट स्थापना भएपछि सिमाक्षेत्रमा हुने अपराधिक गतिविधिमा समेत कमी आउने विश्वास व्यक्त गरे । पोष्टको भवन निर्माणकालागि नगरपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग दिएको भन्दै उनले थप सहयोगकालागि पनि तयार रहेको बताए ।
वडा नम्वर ९ मा निर्माणाधिन भवनको ८० प्रतिशत काम पुरा भएको र निर्माण कार्य सम्पन्न भएपछि त्यहीबाट पोष्ट सञ्चालन हुने बताईएको छ ।