• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बेटी पढाउ, बेटी बचाउ अभियान

छोरी शिक्षा बीमालाई २० वर्षमा २० लाख रुपैयाँ पुर्याउने : मुख्यमन्त्री राउत
बेटी पढाउ, बेटी बचाउ अभियान

जनकपुरधाम, १७ माघ । प्रदेश २ सरकारको बहुचर्चित अभियान ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छोरी शिक्षा बीमाको रकममा दुई लाख रुपैयाँ थप गरिएको छ ।
प्रदेश सरकारले गरेको निर्णय सार्वजनिक गर्न शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छोरी शिक्षा बीमाको रकममा दुई लाख रुपैयाँ थप गरेको जानकारी गराएका छन् । दुई लाख रुपैयाँ थप गरेसँगै अब छोरी शिक्षा बीमाको रकम तीन लाख रुपैयाँ पुगेको छ ।
०७५ माघ १ पछि जन्मेको छोरीहरुको १ लाखको शिक्षा विमा गर्ने घोषणा गरेको प्रदेश सरकारले सो रकम बढाएर तीन लाख रुपैयाँ पु¥याएको हो । पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेशभरिका छोरीहरुले अब जन्म लिने वितिकै तीन लखिया हुने बताए । उनले स्थानीय सरकारहरुलाई समेत अभियानमा सहयोग गर्न आग्रह गर्दै सहयोग पाएको खण्डमा छोरी शिक्षा बीमालाई अबको २० वर्षमा २० लाख पु¥याउने प्रतिवद्धता समेत जनाए ।
बीमा अन्तर्गत हालसम्म झण्डै १५ हजार छोरीहरुलाई सरकारले बीमा गरिसकेको पत्रकार सम्मेलनमा जनाएको छ । बीमा गराईसकेकी छोरीहरुले समेत सो सुविधा प्राप्त गर्ने बताइएको छ । सोही पत्रकार सम्मेलनमा जनकपुरस्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत अघि बढाईसकेको जानकारी गराइएको छ । मन्त्री परिषद्बाट प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरिएको बताइएको छ ।