• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेपाली कांग्रेसका नेता सरोज विराजीको निधन

नेपाली कांग्रेसका नेता सरोज विराजीको निधन

राजविराज, १५ माघ । नेपाली कांग्रेस जिल्ला कार्य समिति सप्तरीका सदस्य समेत रहेका प्रजातान्त्रिक आन्दोलनका अगुवा सरोज विराजीको बुधबार निधन भएको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्वर–४ मधवापुर निवासी बिराजीको ६५ वर्षको उमेरमा निधन भएको हो । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा जिल्लामा नेतृत्व गर्दैआएका उनी पञ्चायती शासनकालमा पटक–पटक पक्राउ परि जेल जीवन समेत बिताएका थिए ।
नेता विराजीको घर पुगेर नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवलगायतका नेता तथा कार्यकर्ताहरुले संयुक्त रुपमा झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् । पार्टीका सचिव शत्रुध्न प्रसाद यादवले बुधबारै एक शोक वक्तव्य जारी गर्दै नेता विराजीको निधनमा दुःख व्यक्त गरेका छन् ।
दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति पार्टीको तर्फबाट उनले समवेदना प्रकट गरेका छन् । नेता विराजीको निधनमा पार्टीले तीन दिनसम्म झण्डा झुकाउनुका साथै कार्यालय बन्द राख्ने समेत सचिव यादवले जानकारी दिएका छन् ।