राजविराज, १५ माघ । शहिद दुर्गानन्द झाको स्मृति दिवसको अवसर पारेर मधेश सहिद स्मृति प्रतिष्ठानको स्थापना गरिएको छ ।
अरुण कुमार झा (स्वामी प्रेम पथिक)को सन्योजकत्वमा गठित उक्त प्रतिष्ठानले २००७ सालको आन्दोलन यता भएका विभिन्न आन्दोलनहरुमा प्रदेशबाट शहादत दिएका शहिदहरुलाई सम्मान गर्न, जिवनी प्रकाशन गर्नुका साथै उनीहरुको नाममा विभिन्न कृतिहरुको स्थापना गर्ने गराउनेतर्फ पहल गरिने संयोजक पथिकले जानकारी गराएका छन् । उनका अनुसार प्रतिष्ठानलाई केही दिनभित्रै पुर्णता दिने बताईएको छ ।