• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सामाजिक अभियन्ता सरोजलाई नागरिक अभिनन्दन

सामाजिक अभियन्ता सरोजलाई नागरिक अभिनन्दन

राजविराज, १५ माघ । धनुषाका उमेश यादवलाई मृत्युको मुखबाट जोगाएर सर्वाधिक चर्चामा रहेका सामाजिक अभियन्ता सरोज रायलाई नागरिक अभिनन्दन गर्ने भएको छ ।
भोर नामक सामाजिक संस्थाले बुधबार जानकी मन्दिर परिसरमा भव्य समारोहका बीच अभियन्ता रायलाई नागरिक अभिनन्दन गर्ने भएको हो । जानकी मन्दिर परिसरमा दिउँसो २ बजे सञ्चालन उक्त अभिनन्दनमा सहभागिताकालागि भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिएका छन् ।
सन् २००६ मा वैदेशिक रोजगारीमा साउदी पुगेका उमेश यादव एक महिना नपुग्दै एक पाकिस्तानीको मृत्युको घटनामा जेलमा राखिएको थियो । उक्त घटनामा साउदी सरकारले उमेशलाई मृत्युदण्डको सजाय तोकेको थियो । उक्त विषयमा अभियन्ता रायले जानकारी पाएलगत्तै प्रयास थालेका थिए ।
करिब दुई वर्षको लामो संघर्ष पश्चात उमेशलाई साउदीबाट नेपाल फर्काउन सफल भएका हुन् । त्यस क्रममा उनीमाथि विभिन्न आरोपहरुसमेत लगाईएको थियो । तर त्यसलाई बेवास्ता गर्दै अभियन्ता रायले मिसनमा अनवरत रुपमा जुट्दैआएका थिए ।
उमेशलाई मृत्युदण्डबाट जोगाउन सफल भएका उनी नेपालमा रहेका एक बङ्गलादेशीलाई परिवारजनसँग भेटाउन बङ्गलादेश जान लागेको जनाईएको छ । सामाजिक अभियन्ता रायले हालसम्म सयौंलाई उद्धार गर्नुकासाथै आपतविपतमा सहयोग गर्दैआएका छन् ।