• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

सबलद्वारा बाल क्रिकेटर गोलु सिंहलाई खेल सामग्री

सबलद्वारा बाल क्रिकेटर गोलु सिंहलाई खेल सामग्री

राजविराज, १५ माघ । सप्तरीको राजविराजमा सञ्चालित अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका ११ बर्षिय बालक क्रिकेटर गोलु सिंहलाई सबल नेपालले खेल सामग्री उपलब्ध गराएको छ ।
सबल नेपालले मुख्य कार्यालय राजबिराजमा आयोजित कार्यक्रममा बालक क्रिकेटर सिंहलाई आवश्यक ब्याट १ थान, प्याड १ जोड, ब्याटिङ्ग ग्लब्स १ जोड, हेल्मेट १ थान, बल १ थान र गाड १ थान प्रदान गरिएको हो । गोलु सिंहले अन्तर विद्यालय जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि ईमरजिङ्ग प्लेयर समेत बन्न सफल भएको र उनको परिवारिक अवस्था समेत न्युन भएकोले उनको हौसला प्रबद्र्धनकालागि आवश्यक खेल सामग्री वितरण गरिएको जानकारी सबल नेपालका अध्यक्ष जुना गिरीले जानकारी दिएका छन् ।
उनको उमेरको हिसावले लेग स्पिनमा राम्रो टर्न र लाईन लेन्थ राम्रो छ र उनले यसलाई निरन्तरता दिन सकेमा भविष्यमा राम्रो क्रिकेटर बन्न सक्नेछ तर सो को लागि उनको आर्थिक अवस्थामा कमजोर रहेकोले सवैले सक्दो सहयोग गर्नुपर्ने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले बताए । कार्यक्रममा क्रिकेटर गोलु सिंहलाई पिसि कम्पुटर राजबिराजका प्रोप्राईटर धर्मेन्द्र यादवले समेत एक थान जर्सी सेट प्रदान गरेका थिए ।
सामग्री वितरण कार्यक्रममा सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, सबल नेपालकै परमेश्वर झा र अशोक साह तथा जिल्ला बाल क्लब सञ्जाल सप्तरीका पुर्व अध्यक्ष अमर यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । क्रिकेटर गोलु सिंह दायाँ हाते बलिङ्ग अलराउण्डर हुन् ।
उनी लेग स्पिनर हुन् भने दायाँ बाते व्याट्सम्यान समेत हुन् । उनी केशो अनिरुद्ध माध्यमिक विद्यालय राजविराजमा कक्षा ४ मा अध्यनरत छन भने उ भन्दा ठुलो उनका २ दाजु र १ दिदी छन् भने परिवारमा उनी कान्छो हुन् । उनका बाबा छैन भने आमा एक निजि विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छिन् ।