• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

बनौलीमा विद्यापति गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन

बनौलीमा विद्यापति गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन

राजविराज, १३ माघ । सप्तरीको खडक नगरपालिका वडा नम्वर ११ बनौलीस्थित विद्यापति गोल्डकप फुटबल प्रतियोगिता २०७६ आयोजना गरिएको छ ।
युवाहरुको अगुवाई तथा विद्यापति सामाजिक विकास केन्द्र नेपालको संयोजनमा आयोजना गरिएको प्रतियोगिताको सोमवार एक समारोहकाबीच उद्घाटन गरिएको छ । नगरपालिकाका मेयर हेमायु हकले प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा गाईघाट फुटबल क्लव गाईघाट उदयपुर विजयी भएको छ । हिमालय क्लव राजविराज सप्तरीलाई एक गोलको अन्तरले पाखा लगाउँदै गाईघाट क्लव विजयी भएको खेलका संयोजक विपिन्न चौधरीले जानकारी दिएका छन् ।
निर्धारित समयमा दुवै टिमले गोल गर्न नसक्दा खेलको टाईब्रेकरबाट छिनोफानो गर्ने निर्णय गरिएको थियो । टाईब्रेकरमा राजविराजले गरेको ४ गोलविरुद्ध गाईघाटले ५ गोल गर्न सफलता प्राप्त गरेसँगै जित हात पारेको छ । प्रतियोगिताको फाइनल खेलमा प्रथम हुनेलाई ३५ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र तथा द्वितीय हुने टिमलाई २५ हजार रुपैयाँ, कप र प्रमाण पत्र प्रदान गरिने विद्यापति सामाजिक विकास केन्द्रका अध्यक्ष धर्मनाथ यादवले बताएका छन् ।
यसअघि भएको उद्घाटन समारोहमा वडा नम्वर ११ का अध्यक्ष रामकृष्ण चौधरी, वडा सचिव राजीवकुमार कर्ण, पूर्व अन्तर्राष्ट्रिय खेलाडी कानन् चौधरी, रेफ्री सत्यनारायण चौधरी लगायतको उपस्थिती थियो ।