• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

मेयरकपमाथि रामधुनी स्पोर्टस् क्लव झुम्काको कब्जा

मेयरकपमाथि रामधुनी स्पोर्टस् क्लव झुम्काको कब्जा

राजविराज, १२ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ८ पोखरीयामा आयोजित मेयरकप २०७६ फुटबल प्रतियोगिताको उपाधीमाथि रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरीले कब्जा जमाएको छ ।
आईतवार सम्पन्न फाईनल खेलमा त्रियुगा स्पोर्टस क्लब फत्तेपुर सप्तरीलाई टाईब्रेकरमा चारका बिरुद्ध पाँच गोल अन्तरले पाखा लगाउँदै झुम्काले उपाधीमाथि कब्जा जमाएको हो । निर्धारित समयमा कुनै टीमबाट गोल हुन नकेपछि खेलको टाईब्रेकरबाट छिनोफानो गर्ने निर्णय गरिएको थियो ।
जितसँगै झुम्काले ५५ हजार रुपैयाँ नगद तथा शिल्ड हात पारेको छ भने फतेपुर सप्तरीले ४५ हजार रुपैयाँ नगद तथा कपमा चित बुझाएको छ । खेलको उत्कृष्ट खेलाडी फत्तेपुरका सम्युन राई घोषित भएको आयोजकले जनाएको छ ।
विजेता र उपविजेता टिमलाई एक समारोहकाबीच पुरस्कार प्रदान गरिएको छ । समारोहमा प्रदेशसभा सदस्य मो. समिम, शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र प्रसाद चौधरी, उपप्रमुख कविता कुमार चौधरी, प्रमुख प्रशासकीय अधिकृत मातृका दंगाल लगायतले संयुक्त रुपमा उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको आयोजक खेलकुद समितिका अध्यक्ष धनिकलाल चौधरीले जानकारी दिएका छन् ।