• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सञ्चालनको तयारीमा छिन्नमस्ता अस्पताल

राजविराज, १० माघ । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–५ मा अति सुविधा सम्पन्न छिन्नमस्ता अस्पताल सञ्चालन हुने भएको छ ।
छिन्नमस्ता अस्पतालका सञ्चालक ई. शैलेन्द्र मोहन झाले दिएको जानकारी अनुसार माघ महिनाभित्रै उक्त अस्पताल सञ्चालनमा आउने भएको हो । प्राविधिक शिक्षालय महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका उनले २०७० सालदेखि अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएका थिए ।
करिब पन्ध्र करोड लागतमा सञ्चालनमा आउन लागेको उक्त अस्पताल काठमाण्डौको चर्चित मेडिसिटी अस्पतालसँगको समन्वयमा सेवा दिईने जनाईएको छ । देशका कतिपय सुविधासम्पन्न अस्पतालमा नरहेको अत्याधुनिक उपकरणहरु जडान भईरहेको सञ्चालक झाले जानकारी दिएका छन् । उनका अनुसार छिन्नमस्ता अस्पतालबाट इमरजेन्सी, एम्बुलेन्स, सिटी स्क्यान, अत्याधुनिक ल्याब, एक्स–रे, अल्ट्रासाउण्ड, फिजियोथेरापी, ओपिडी, ओटी, फार्मेसी, ईसिजी, एनआइसियु, पिआइसियु, आइसियु लगायतका सेवाहरु सञ्चालनमा आउन लागेको छ ।
अस्पतालमा सेवा दिन मेडिसिटी अस्पतालका चिकित्सक एवम् स्वास्थ्यकर्मीको टिमका साथै देशकै चर्चित विशेषज्ञ चिकित्सकहरुद्वारा सेवा दिईने उनले जानकारी दिए । केही उपकरण आउन बाँकी रहेको जानकारी दिँदै उनले छिन्नमस्ता अस्पतालको छैठो तल्लामा हेलिप्याड समेतको सुविधा रहेकोले जस्तोसुकै अवस्थाका विरामीलाई एक घण्टाभित्र काठमाण्डौ पुर्याएर वा काठमाण्डौबाटै चिकित्सक मगाएर विरामीलाई सेवा दिईने बताए । अस्पतालबाट दिईने सेवासुविधाहरु अन्य अस्पतालको तुलनामा केही कम रहने तर गुणस्तरीय सेवामा भने कुनै कमी नरहने सञ्चालक झाले बताए ।
सञ्चालक झाले अस्पतालको विषयमा विभिन्न पक्षसँग अन्तरक्रिया गर्ने कार्यक्रमलाई अगाडि बढाएको छ ।