जनकपुरधाम, ०९ माघ । प्रदेश नम्वर २ मा राष्ट्रियसभा सदस्य पदकालागि विहिवार भएको मतदानको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार महिलातर्फ राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठबन्धनका संयुक्त उम्मेदवार तुलसा दाहाल विजयी भएकी छन ।
दाहालले नेपाली कांग्रेसकी नगिना यादवलाई पराजित गर्दै विजयी भएकी हुन् । दाहालले कुल ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी छन् भने कांग्रेसकी यादवले ४ हजार ६ सय ४० मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्यको मतगणना जारी रहेको जनाएको छ ।