• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

त्रियुगा स्पोर्टस क्लव फत्तेपुर सेमिफानलमा प्रवेश

त्रियुगा स्पोर्टस क्लव फत्तेपुर सेमिफानलमा प्रवेश

राजविराज, ०८ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ८ पोखरीयामा सञ्चालित मेयरकप २०७६ फुटबल प्रतियोगितामा त्रियुगा स्पोर्टस क्लव फत्तेपुर सेमिफानलमा प्रवेश गरेको छ ।
संयासी युवा क्लब पोखरीयाले आयोजना गरेको प्रतियोगिताको बुधवार सम्पन्न खेलमा र एफसी बेङ्गखाडी टिम महोत्तरीलाई टाईब्रेकरमा तीनका बिरुद्ध चार गोल अन्तरले पाखा लगाउँदै फत्तेपुरले सेमिफाईनलमा पुगेको हो ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा कुनै टीमले गोल गर्न नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । प्रतियोगिता अन्तर्गत बिहीवार हुने पहिलो सेमिफाइनलमा रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरी र उत्तरबाहिनी समाजसेवा युवा क्लब बल्टीयाही सिरहाबीच हुने आयोजकले जनाएको छ ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुर, सुनसरी र मोरंगका बिभिन्न १४ क्लबको सहभागिता रहेको जनाएको छ । माघ १२ गते हुने प्रतियोगिताको बिजेताले ५५ हजार नगद र कप हात पार्ने छ भने उपबिजेताले ४५ हजार नगद तथा कप पाउने जनाएको छ ।