• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश

राजविराज, ६ माघ । राजविराजमा सोमवार आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि डेढ दर्जन भन्दा बढी राजनीतिकर्मीहरु डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको छ । राजविराज स्थित दासधर्मशालाको सभाहलमा जनमत पार्टी सप्तरीका संयोजक चन्देश्वर मण्डल (किसान) को अध्यक्षतामा सोमबार आयोजना गरिएको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन् । राजपाबाट छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ का बुुल बुल मेहता, सोही गाउँपालिका वडा नम्बर ६ का गोविन्द मण्डल (बौवैन), राजविराज ४ का दिनेश साह, समावादीबाट रामविलास सरण, छिन्नमस्ता ५ का सुमन शर्मा, नेकपाबाट राजविराज ३ का नन्दी रामलगायतले जनमत पार्टीमा प्रवेश गरेका छन् ।
यसैगरी छिन्नमस्ता ४ का रामवतार यादव, सुर्यनारायण पैकरा, समाजवादीबाट कपिल देव राम, छिन्नमस्ता ६ का कुशेश्वर मण्डल, हनुमाननगर कंकालिनी नगरपालिका– २ का जयप्रकाश गोइत, नर्घोका मो. मौलाना खान, चन्दन साह, भोला प्रसाद यादव, जलेश्वर साफीलगायतले जनमत पार्टीमा प्रवेश गरेको जनाईएको छ ।
सोही कार्यक्रममा गैर आवासीय मधेसी संघको सप्तरीमा पञ्चलाल मधेसीको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । सन्तोष विश्वास, पञ्चदेव माझी, शम्भु प्रसाद मण्डल, धिरेन्द्र कमार राम, राजेन्द्र दास, श्याम नारायण ईसर, दिपेन्द्र मण्डल, हिरालाल शर्मा, राजेश यादव, उमेश प्रसाद, दिपेन्द्र मण्डल, बद्री माझी, कृष्णा साह, सदानन्द मुखियालगायतले सदस्यमा रहेका छन् ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि. के राउतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खान, केन्द्रिय सदस्य तथा सप्तरीका इन्चार्ज सुरेन्द्र मधेशीको समेत उपस्थिति थियो । कार्यक्रममा उद्घोषण युवा जनमत संघ सप्तरीका संयोजक मनोज यादवले गरे ।