राजबिराज, ५ माघ । राष्ट्रिय जनता पार्टी निकट राष्ट्रिय विद्यार्थी संघले बलिदानी दिवसमा राजविराज स्थित गजेन्द्र चौकमा मैनवत्ती प्रज्जवलन गरेको छ ।
मधेश विद्रोहको १३ वर्ष पुरा भएको र शहीदहरुको सम्झनामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै यूवा मञ्चका केन्द्रीय सदस्य तथा पूर्व स्ववियु सदस्य जय नारायण यादवले सरकारले मधेशी विद्याथीहरूलाई भेदभाव गरेको भन्दै विद्यार्थीहरूको समस्याहरूको समस्या सम्बोधन हुनुपर्नेमा जोड दिए ।.
राष्ट्रिय विद्यार्थी संघका जिल्ला अध्यक्ष शम्भु कुमार यादवको अगुवाईमा मनाईएको दिवसमा संघका कोषाध्यक्ष नरेश यादब, मबिव क्याम्पसका ईकाई अध्यक्ष विकास मण्डल, सह–अध्यक्ष सर्वेश झा, ईकाई ईञ्चार्ज रञ्जित यादव लगायतको उपस्थिति थियो ।