• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

अन्तर विद्यालय क्रिकेटमा म्याक्सेलको जीत

अन्तर विद्यालय क्रिकेटमा म्याक्सेलको जीत

राजविराज, ३ माघ । सप्तरी क्रिकेट संघसँगको सहकार्यमा ग्रिन नेपालको आयोजनामा राजविराज स्थित राजरंगशालामा सञ्चालित अन्तर विद्यालय जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा म्याक्सेल सेकेण्ड्रीले दुर्गा सेकेण्ड्रीलाई रोमाञ्चक खेलमा २ रनले पराजित गर्दै ट्रफी चुमेको छ ।
म्याक्सेलले टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित १३ ओभरको खेलमा ७ विकेटको नोक्सानीमा ७७ रनको योगफल तयार पारेका थिए । म्याक्सेलकालागि हसन जमालले नटआउट रही ४० बलमा ३ चौक्का र १ छक्काको मद्दतले ३४ र केशव साह १५ रनको योगदान दिए । बलिङ्गतर्फ दुर्गाका सुजित सिंह २ तथा अभिशेक कार्की, बरुणेश साह, भिम यादव, करण कामतले सामान १ विकेट लिए । ७८ रनको चुनौति लिई मैदानमा ओर्लेको दुर्गाले राम्रो शुरुवात गरे पनि अन्तिम ओभरमा ६ रन बनाउन नसक्दा २ रनले पराजित भए ।
दुर्गाकालागि सफल थापाले २७ बलमा ३ चौक्का र १ छक्काको मद्दतले २८ रन र भिम यादवले नटआउट रही २० रनको योगदान दिए । बलिङ्गतर्फ म्याक्सेलका रोहन बिक २ र मो. सकिमले १ बिकेट लिए । खेलको म्यान अफ द म्याच म्याक्सेलका हसन जमाललाई ट्रफी तथा नगद वितरण गरिएको छ । प्रतियोगिता अन्तर्गत ईमरजिङ्ग खेलाडि केअ माविका गोलु सिंह, लिटल एन्जलका आर्यन चौधरी र म्याक्सेलका आदित्य राम, बेष्ट बलर म्याक्सेलका मो. सकिम, बेष्ट ब्याटसम्यान म्याक्सेलका रोहन बिक र म्यान अफ द सेरिज लिटल एन्जलका नितेश यादवलाई नगद तथा ट्रफी प्रदान गरिएको थियो भने फेयर प्ले अवार्ड लिटल एन्जल विद्यालय भए ।
कार्यक्रम राजविराज नगरपालिकाका उप–प्रमुख साधना झाको प्रमुख आतिथ्य एवम् आयोजक समिति संयोजक खेलानन्द दासको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, भिम दल गणका गणपति गुप्तबहादुर कुँवर, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, सप्तरी क्रिकेट संघकै सचिव चन्दन यादव, क्रिकेट विकास प्रतिष्ठानका अध्यक्ष इ्रन्द्रनारायण देवलगायतले खेलाडिलाई नगद तथा ट्रफी प्रदान गरेका छन् ।