Top_Header_Right_Add

थारु भोट बटुल्न प्रचण्डको झुठो अभिव्यक्तिः लेखी

थारु भोट बटुल्न प्रचण्डको झुठो अभिव्यक्तिः लेखी

बिरेन्द्र बजार, २ माघ । आदिवासी जानजातीका नेता राज कुमार लेखीले सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रेशम चौधरी छिट्टै जेलमुक्त हुने अभिव्यक्ति प्रचण्डको सस्तो लोकप्रियता भएको भनी टिप्पणी गरेका छन् ।
सप्तरीको महुलीमा बिहिवार आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै उनले प्रचण्डले यस्तो बताएका हुन् । नेता लेखीले भने ‘सस्तो लोकप्रियताकालागि पटकपटक प्रचण्डजीले यस्तै झुटो आसपास दिन्छन्, प्रचण्ड अदालत हो र ?’ बीस हजार थारुको भोट बटुल्न प्रचण्डले झुठो बोल्ने गरेको बताउँदै प्रमुख अतिथि लेखीले भाषणको पछि लागेर थारु, आदिवासी आन्दोलनलाई कमजोर नपार्न आग्रह गरे ।
प्रचण्डले बुधबार काठमाडौको टुडिखेलमा आयोजित माघी महोत्सवमा बोल्दै रेशम चौधरी छिट्टै छुट्ने दिएको अभिव्यक्ति प्रती लेखीले आपत्ती जनाउँदै उत्पीडित जनताको लागि रेशम मात्र हैन आफू आजिवन जेल बस्न तयार रहेको बताए । लेखीले नाचगान गरेर मात्र मात्र अधिकार पाउन नसकिने उल्लेख गर्दै उत्पीडन र बिभेदबाट मुक्तिकालागि आन्दोलनको विकल्प नरहेको बताए । गाउँघरमा दबिएर ओझेलमा परेको माघी पर्वको उजागर गर्न २०६३ साल देखि काठमाडौको टुडिखेलबाट शुरु गरेको माघी गाउँटोल सम्म बिस्तार भएको भन्दै लेखीले खुशी व्यक्त गरे । माघी लगायतका साँस्कृतिक चार्डलाई महोत्सवको रुपमा मनाउदै अधिकार लागि बिचार आदानप्रदान गर्ने माध्यम समेत बनाउनुपर्नेमा जोड दिए ।
माघी महोत्सव २०७६ मुल आयोजक समिति अग्निसाईर कृष्णासवरन गाउँपालिकाका संयोजक शिवनन्दन लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, अग्निसाईर कृष्णासवन गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कुशुम आचर्य, नेकपा जिल्ला सदस्य बोधराज सुबेदी, थारु नेता माधव चौधरी, जय मधेस एफएमका प्रतिनिधि पवन रोनियार लगायतकाले मन्तव्य गरे । थारु पत्रकार संघ सप्तरीका अध्यक्ष भगवती चौधरीले सञ्चालन गरेको कार्यक्रममा थारु पहिचान झल्किने गीत, सङ्गीत र नृत्य प्रस्तुत गरिएको थियो । महोत्सवमा थारु पहिचान झल्कने सामाग्री र थारु परिकारहरुको समेत प्रदर्शन गरिएको जनाईएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।