• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजपाका केन्द्रिय नेतासहित ६ जनामाथि भ्रष्टाचारको मुद्दा दायर

२५ लाख रुपैयाँ बिगो कायम
राजपाका केन्द्रिय नेतासहित ६ जनामाथि भ्रष्टाचारको मुद्दा दायर

राजविराज, ०१ माघ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रिय सदस्य हरिनारायण मण्डल र पूर्व सांसद विपी यादव भन्ने विश्वनाथ प्रसाद यादवसहित ६ जनामाथि बुधवार भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा २५ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनीहरुमाथि सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्वर २ र ३ मा पर्ने सडक ग्राभेलको रकम निकासा गर्न किर्ते उपभोक्ता समिति बनाई भ्रष्टाचार गरेको आरोप रहेको छ ।
मण्डल र यादवसँगै पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख (सनियर डिभिजनल इन्जिनियर) राजकुमार गोइत, सोही कार्यालयका नायव सुब्बा भागवत यादव, विरेन्द्रकुमार मण्डल, कृष्णकुमार यादवमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिको कसुरको उद्योग भएकोले दफा २१ मा उल्लेख भएबमोजिम उनीहरुमाथि २५ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।