• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको तेश्रो दिन प्रिमियर विजयी

अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको तेश्रो दिन प्रिमियर विजयी

राजविराज, २७ पुस । राजविराज स्थित राजरंगशालामा सञ्चालित अन्तर विद्यालय जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलमा प्रिमियर सेकेण्ड्री स्कुलले रोज पब्लिक सेकेण्ड्री स्कुललाई २२ रनले पराजित गरेको छ ।
आईतवार सम्पन्न एक मात्र खेलमा प्रिमियर सेकेण्ड्रीले टसजिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय ७१ रनको योगफल तयार पारे । प्रिमियरकालागि युवराज यादवले नटआउट रहि २१ बलमा ५ चौक्काको मद्धतले ३५ रन तथा मो सदाम ३४ र प्रदिप यादवले २४ रनको योगदान दिएका थिए । बलिंग तर्फ रोज पब्लिकका तर्फबाट मनिश साह र नन्दकिशोर मण्डलले सामान २ बिकेट तथा राहुल यादव र बिशाल साहले सामान १ बिकेट लिए ।
एक सय ७२ रनको विशाल लक्ष्य लिई मैदानमा ओर्लेको रोजपब्लिकले राम्रो प्रयास गरेता पनी निर्धारित २० ओभरमा ७ बिकेट गुमाई १ सय ४९ रन मात्र जोडन सकेका थिए । रोजपब्लिकका लागि कृष्णा चौधरीले नटआउट रहि ३५ रन तथा सत्यम झा र रोशन यादवले क्रमशः ३१ र ३३ रनको योगदान दिएका थिए । प्रिमियरका लागि जय बर्माले ३ तथा मो. सदाम, मो. असलम र रोहित गुप्ताले सामान १ बिकेट लिएक थिए । खेलको म्यान अफ द म्याच प्रिमियर सेकेण्ड्रीका मो. सद्धामलाई किर्तिमानी क्रिकेटर महवुव आलमद्वारा नगद तथा ट्रफी प्रदान गरियो ।
सप्तरी क्रिकेट संघसंगको सहकार्यमा ग्रिन नेपाल राजविराजद्वारा आयोजित प्रतियोगिता अन्र्तगत सोमवार रेष्ट डे दिइएको छ भने मंगलवार प्रिमियर सेकेण्ड्री र दुर्गा सेकेण्ड्री बिच हुने जानकारी आयोजक समितिका संयोजक खेलानन्द दासले दिएका छन् ।