• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

शिब्स इन्टरनेशनल र लिटिल एन्जल बोर्डिङ्ग स्कुल विजयी

शिब्स इन्टरनेशनल र लिटिल एन्जल बोर्डिङ्ग स्कुल विजयी

राजविराज, २६ पुस । सप्तरीको राजविराजमा जारी अन्तर विद्यालय जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको शनिवार सम्पन्न दुई चरणको खेलमा शिब्स इन्टरनेशनल बोर्डिङ्ग स्कुल र लिटिल एन्जल बोर्डिङ्ग स्कुल विजयी भएको छ ।
स्थानीय खेल मैदानमा सम्पन्न दोश्रो दिनको खेलमा शिब्सले पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयलाई ९ विकेट तथा लिटिल एन्जलले केशो अनिरुद्धवति माध्यमिक विद्यालयलाई ८८ रनले पराजित गरेको छ । पहिलो चरणको खेल अन्तर्गत टस जितेर पहिलो व्याटिङ्ग गर्दै पब्लिक विन्देश्वरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ११ रन जोडे । पविकालागि गुड्डु रायले नटआउट ३७, कृश रायले १६, शौरभ झाले १२, संजय यादवले ११ र बिष्णु मण्डलले नटआउट ११ रनको योगदान दिए । बलिङ्गतर्फ शिब्सका विशाल यादवले ३, राज वर्मा र अजय यादवले १–१ विकेट लिएका थिए ।
१ सय १२ रनको लक्ष्यसाथ मैदानमा आएका शिब्सले १३ ओभरमा १ विकेटकै नोक्सानीमा आफ्नो लक्ष्य हासिल गरे । शिब्सकालागि भोला साहले नटआउट ५०, कमल किशोर मण्डलले २७ रनको योगदान दिए । वलिङ्गतर्फ पविका विष्णु मण्डलले १ विकेट लिए । पहिलो चरणको खेलमा उत्कृष्ट व्याटिङ्ग गरेवापत शिब्सका भोला साहलाई म्यान अफ द म्याच घोषित गरिएको हो । साहलाई कामना विकास बैंक राजविराजका प्रबन्धक सुर्यनारायण मुखियाले नगद तथा ट्रफी प्रदान गरेका हुन् ।
यसैगरी दोश्रो चरणको खेल अन्तर्गत टस जितेर व्याटिङ्ग गर्दै लिटल एन्जलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५१ रन तयार पारे । लिटल एन्जलकालागि नितेश यादवले नटआउट ५६, भोगेन्द्र यादवले ३८ रनको योगदान दिए । बलिङ्गतर्फ केअमाविका गोलु सिंह, संतोष मण्डल, मो. सदाम र मो. सेहनबाजले १–१ विकेट लिएका थिए ।
१ सय ५२ रनको लक्ष्यसाथ मैदानमा आएका पविमाविले १३ ओभर ४ बलमै आफनो सम्पुर्ण विकेट गुमाउँदै ६३ रनमै समेटियो । दोश्रो चरणको खेलमा म्यान अफ द म्याच भने अलराउण्ड प्रर्दशन गरेवापत लिटल एन्जलका नितेश यादव घोषि भए । सप्तरी क्रिकेट संघसँगको सहकार्यमा ग्रिन नेपाल राजविराजले आयोजना गरेको प्रतियोगितामा म्यान अफ द म्याच यादवलाई प्रभु सहकारी संस्थाका व्यवस्थापक राजकुमार साहले नगद तथा ट्रफी प्रदान गरेको आयोजकले जनाएको छ ।