• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश सरकारको पञ्चवर्षिय योजनाको आधारपत्र सार्वजनिक

प्रदेश सरकारको पञ्चवर्षिय योजनाको आधारपत्र सार्वजनिक

जनकपुरधाम, २३ पुस । प्रदेश २ सरकारले आफ्नो पहिलो पञ्चवर्षिय आवधिक योजनाको आधारपत्र २०७६ बुधबार सार्वजनिक गरेको छ ।
सरकारका मुख्यमन्त्री लालबाबु राउतले पहिलो पञ्चवर्षिय आवधिक योजना सार्वजनिक गर्दै नीति तथा कार्यक्रममा समेटिएको योजनाहरु यसैलाई टेकेर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । प्रदेश नीति आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु समावेश गर्ने बताए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आउँदो पाँच वर्षपछि प्रादेशिक आर्थिक वृद्धि दर ६.५३ बाट ११ प्रतिशत पुर्याउने लक्ष्य लिएको बताए । प्रदेश २७.७ प्रतिशत रहेको गरिबी दर घटाएर २१ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । प्रदेशको कुल ग्राहस्थ उत्पादन ४ सय ८८ अर्बबाट ६ सय अर्ब पुर्याउने लक्ष्य लिएको उपाध्यक्ष डा. झाले जानकारी दिए ।
आउँदो पाँच वर्षमा प्रदेशको प्रति व्यक्ति आय एक हजार अमेरिकी डलर पुरयाउने लक्ष्य राखिएको छ । पत्रकार सम्मेलनमा प्रमुख सचिव रामकृष्ण सुवेदी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा लगायतको उपस्थिति रहेको थियो ।