• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अपराध न्यून गर्न सप्तरीमा प्रहरीले थाले विशेष अभियान

एक दिनमै एक महिलासहित १७ जना प्रतिवादी पक्राउ
अपराध न्यून गर्न सप्तरीमा प्रहरीले थाले विशेष अभियान

राजविराज, २१ पौष । प्रहरीले सप्तरीमा अपराध न्यून गर्न थालेको विशेष अभियान अन्तर्गत एक दिनमै एक महिलासहित १७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
विभिन्न मुद्दामा अदालतबाट फैसला भई दोषी पाइएका तथा मुद्दा जारी रहेपनि फरार रहेकामध्ये एक महिलासहित १७ प्रतिवादीहरुलाई सोमवार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय राजविराजका अनुसार कुटपिटदेखि ज्यान मार्ने उद्योग मुद्दासम्मका प्रतिवादीहरुलाई पक्राउ गरिएको छ ।
अभियान अन्तर्गत बलान बिहुल गाउँपालिका वडा नम्वर ३ का ५४ वर्षीय जयराम साह, बोदे बरसाईन नगरपालिका वडा नम्वर ९ का ५७ वर्षीया झौली मण्डल, वडा नम्वर २ का ४७ वर्षीय महेन्द्र साह, वडा नम्वर २ कै ३८ वर्षीय राम सुन्दर यादव, सुरुङ्गा नगरपालिका वडा नम्वर ९ का ४० वर्षीय नरसिंह चौधरी, सोही वडाका फागु मण्डल र राजगढ गाउँपालिका वडा नम्वर २ का बलविर कुमार यादव कुटपिट मुद्दामा पक्राउ परेका छन् ।
यसैगरी बोदे बरसाईन नगरपालिका वडा नम्वर ९ का ४७ वर्षीय चन्देश्वर साह, खडक नगरपालिका वडा नम्वर ९ का महिनारायण चौधरी र वडा नम्वर ६ का नजबुद मियालाई लुटपाट मुद्दाका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खडक नगरपालिका वडा नम्वर ४ का ५८ वर्षीय ईसराइल मियाँ र बोदे बरसाईन नगरपालिका वडा नम्वर १० का ५९ वर्षीय खगेन्द्र यादवलाई ज्यान मार्ने उधोग मुद्दामा पक्राउ गरिएको छ । यसैगरी खडक नगरपालिका वडा नम्वर ६ की संगिता कुमारी चौधरी र सोही वडाका बद्री चौधरीलाई जारी मुद्दामा पक्राउ गरिएको छ भने खडक नगरपालिका नम्वर ६ का राज कुमार साहलाई ठगी, सोही नगरपालिका वडा नम्वर ९ का अरुण कुमार चौधरीलाई लेनदेन, वडा नम्वर ९ कै सुखैर चौधरीलाई जालसाँझी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राजविराजका डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।