• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गोविन्दपुरबाट कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद

गोविन्दपुरबाट कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद

राजविराज, २१ पुस । सप्तरीस्थित दशगज्जा क्षेत्रबाट कटुवा पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने २ राउण्ड गोली बरामद भएको छ ।
सशस्त्र प्रहरी बल वेशक्याम्प गोविन्दपुरबाट खटिएको टोलीले छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ गोविन्दपुरबाट शनिवार कटुवा पेस्तोल र २ राउण्ड गोली बरामद गरेको हो । बाँसको झ्याङमा प्लाष्टिकको झोलामा वेवारिसे राखिएको अवस्थामा बरामद गरिएको सो पेस्तोल आवश्यक कारवाहीकोलागि सोमवार जिल्ला प्रहरी कार्यालय राजविराजमा वुझाइएको छ ।
कटुवा पेस्तोलसँगै बरामद गरिएको १५ थान डाईलेक्स डिसी नामक लागुऔषध समेत बरामद भएको जनाएको छ । पेस्तोलबारे आवश्यक अनुसन्धान भईरहेको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।