• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

धर्नाले छिन्नमस्ता गाउँपालिकाको कामकाज ठप्प

धर्नाले छिन्नमस्ता गाउँपालिकाको कामकाज ठप्प

राजविराज, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति छिन्नमस्ताले आइतवार सप्तरीको छिन्नमस्ता गाउँपालिका कार्यालय अगाडी धर्ना सुरु गरेका छन् । सघर्ष समितिले धर्ना बसेका कारण दिउँसो १२ सम्म गाउँपालिका कार्यालयको सम्पूर्ण कामकाज समेत ठप्प भएको छ ।
१४ बुँदे माग राखेर आन्दोलनरत समितिले माग पुरा नभएसम्म धर्ना कार्यक्रम जारी राखने अडान लिएका छन् । सामाजिक सुरक्षा भत्ता (वृद्ध, एकल महिला, अपाङ्ग, दलित, बालबालिका) अविलम्ब वितरण गर्नुपर्ने, वडा भेला–गाउँसभा पारदर्शिताले अविलम्व गर्नुपर्ने, आर्थिक वर्ष ०७५–०७६ को आय व्याय सार्वजनिक गर्नुपर्ने, कृषकहरुलाई सुलभ तरिकाले विउ विजन–मलखाद्य उपलब्ध गर्नुपर्ने लगायतका माग राखेर चरणवद्ध आन्दोलन थालेका समितिको गत विहिवार सखडामा बसेको बैठकले धर्ना कार्यक्रम तय गरेको हो ।
अझै सम्वन्धित पक्षको ध्यान नपुगे आन्दोलनको चरण परिवर्तन गरेर थप सशक्त रुपमा प्रस्तुत हुने समितिका अध्यक्ष विनोदकुमार यादवले चेतावनी समेत छन् । समितिले यसअघि पनि गाउँपालिका कार्यालय घेराउ गरी प्रदर्शन समेत गरेका थिए ।