• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

छात्रवृत्तिबारे जानकारी गराउन प्रधानाध्यापकहरुलाई तालिम

छात्रवृत्तिबारे जानकारी गराउन प्रधानाध्यापकहरुलाई तालिम

राजविराज, २६ मंसिर । सरकारले दलित तथा विपन्न विद्यार्थीहरुलाई प्रदान गर्दै आएको छात्रवृत्तीबारे जानकारी गराउन सुरु गरिएको अभियान अन्तर्गत विहिवार सप्तरीको विष्णुपुर गाउँपालिकामा एक दिने तालिमको आयोजना गरियो ।
तालिममा गाउँपालिकाभर रहेको विद्यालयका प्रधानाध्यापकहरुलाई अनलाईन मार्फत फारम भर्ने विषयमा समेत जानकारी गराइएको छ । दलित सरोकार मञ्च नेपालले आयोजना गरेको तालिममा गाउँपालिकामा रहेको ४ माध्यमिक र ५ निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुलाई सहभागी गराइएको हो । जानकारी अभाव तथा फारम भर्ने तरिका नजानेका कारण दलित तथा विपन्न वर्गका विद्यार्थीहरु छात्रवृत्ती पाउनबाट वञ्चित रहँदै आएकोले जानकारी गराउन सरकारले अभियान नै सञ्चालनमा ल्याएको मञ्चका सप्तरी संयोजक राजकुमार पासवानले बताए । सोही अभियान तहत तालिमको आयोजना गरिएको उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष लिलाम्वर यादवको अध्यक्षतामा आयोजित तालिम उद्घाटनका अवसरमा आयोजक संस्थाका निर्देशक भोला पासवानले यसअघि जिल्लाको बोदे बर्साईन नगरपालिका र तिरहुत गाउँपालिकामा समेत तालिममा मार्फत छात्रवृत्तीबारे जानकारी गराईसकेको बताए । मञ्चका सूचना अधिकृत सुनिल सरवरीयाले कार्यक्रममा सहजिकरण गरेको थियो ।