राजविराज, २० मंसिर । सामाजिक रुपान्तरण एवम् सशक्तिकरणका क्षेत्रमा सक्रिय गैरसरकारी संस्था सबल नेपालले आफ्नो १४ औं बार्षिक साधारणसभा शुक्रवार राजविराजमा भव्यताकासाथ सम्पन्न गरेको छ ।
साधारण सभामा संस्थाकी अध्यक्ष जुना गिरीले बार्षिक प्रगति प्रतिवेदन तथा बार्षिक योजना अनुसार आर्थिक वर्ष २०७६÷७७ को लागि १५ करोड ४६ लाख ४७ हजार अनुमानित बजेट पारित गरेको छ । जस अन्र्तगत समुन्नती कार्यक्रम अन्र्तगत ७ करोड १५ लाख, खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम अन्र्तगत ४ करोड ३७ लाख, सौर्य उर्जा प्रवद्र्धन कार्यक्रम अन्र्तगत ३५ लाख १४ हजार, शुद्ध खानेपानी माथी सहज पहुचको लागि ५६ लाख, दैविप्रकोप राहत सहयोगको लागि ७५ लाख, पुर्ण सरसफाइ अभियानकालागि, १ करोड १५ लाख ५९ हजार, कृषिमा आधारित कार्यक्रमका लागि ६५ लाख ९५ हजार तथा संस्था सञ्चालन तर्फ ४६ ला ७९ हजार खर्च गरिने जानकारी अध्यक्ष गिरीले बताए । 
कार्यक्रम अन्र्तगत १९ बर्ष मुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पर्न सफल भएको सप्तरीका बिवेक यादव, सबल नेपालले आफना कर्मचारीद्वय बिरबहादुर यादव र अजय साहलाई समेत सम्मान गरिएको छ । तिलाठी कोईलाडि गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सुरुङ्गा नगरपालिकाका उप–प्रमुख बिन्दा पासवान, गैरसरकारी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष ध्रुव देव, गैरसरकारी महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्याम सुन्दर यादव, नेपाल प्रहरीका प्रहरी निरीक्षक प्रकाश बस्नेत, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, सेभ द चिल्डे«नका इन्द्र हायु, रचना बस्नेत, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनार्दन कटेल, वरिष्ठ पत्रकार शिवहरी भटराई, बैधनाथ झा, मैथलि साहित्य परिषद्का अध्यक्ष सतिश कुमार दत्त, सामाजिक अभियन्ता ईन्जिनियर सुर्यनारायण यादव, सप्तरी युथका कोषाध्यक्ष विष्णु यादव, ग्रिन नेपालका अध्यक्ष खेलानन्द दास लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन संस्थाका कोषाध्यक्ष आयुश श्रेष्ठले गरे ।