• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विद्युत सर्ट भएर पोर्ताहामा आगलागीः दश लाख रुपैयाँ बराबरको क्षति

विद्युत सर्ट भएर पोर्ताहामा आगलागीः दश लाख रुपैयाँ बराबरको क्षति

राजविराज, १९ मंसिर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ३ पोर्ताहामा विहिवार आगलागी भएको छ । आगलागीमा १० लाखबढी रुपैयाँ बराबरको धनमाल जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय शिवनारायण भिनबारको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगो फैलिएर भिनबारको एक घरसहित घरमा रहेको कपडा, अन्नपात र काठको सन्दुक पूर्ण रुपमा जलेको छ । भिनबारको मात्रै ४ लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल जलेको प्रहरीले जनाएको छ ।
यसैगरी, छिमेकीहरु मनोज पघैया, बिनोद पघैया र श्याम शर्माको एक–एक वटा घर पूर्ण रुपमा जलेको छ । मनोजको ४१ हजार रुपैयाँ, बिनोदको ९१ हजार रुपैयाँ र श्यामको ४० हजार रुपैयाँ बराबरको धनमाल जलेको हो । उनीहरुको घरमा रहेको अन्नपात, लत्ताकपडा लगायतको सरसमान जलेर १० लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय भारदहको प्रहरी टोली, हनुमाननगर कंकालिनी नगरपालिकाको वारुणयन्त्र र स्थानीयवासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको जनाएको छ ।