राजविराज, १८ मंसिर । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेशकुमार झाको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपास्थित निवासमा बुधवार प्रहरी विना कारण पटक–पटक खानतलासी गरेकोप्रति महासंघ शाखा सप्तरीको गम्भिर ध्यानाकर्षण भएको छ ।
महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव र सहसचिव चन्दन यादवले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका हुन् । ‘जिल्ला प्रहरी कार्यालय सप्तरी मातहतमा रहेका इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले फडानी अभियानको क्रममा तोपाका केही स्थानीयहरुको घरमा प्रहरीले गाँजा बोट नष्ट गरे पनि कान्तिपुर दैनिकका उप–सम्पादक झाको घरमा जाँदा गाँजा फेला परेन’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘तर, पुनः दोश्रो पटक प्रहरी टोली जर्बजस्ती झाको घरमा प्रवेश गरी घरमा एक्लै रहनुभएकी झाकी ९० वर्षिया हजुरआमालाई समेत दुब्र्यवहार गर्दै घर खानतलासी गरेको हो ।’
देउता घर समेतमा पटक–पटक खानतलासी गर्दा पनि केही नपरेको उल्लेख गर्दै यसरी बिना कारण गाँजा फडानीको नाममा केन्द्रीय सदस्य झाको घरमा प्रहरीले सामान्य मर्यादासमेतको ख्याल नगरी गरिएको हर्कत र ज्यादतीप्रति महासंघ गम्भिर भएको जनाईएको छ । यसरी बिना कारण घर खानतलासी गर्न पुगेका प्रहरी टोलीका नेतृत्वकर्तासमेतलाई अविलम्ब कारबाही गर्न सप्तरीका प्रहरी उपरीक्षकसँग महासंघ शाखा सप्तरीले जोडदार माग गरेको छ । उक्त घटनाको घोर भत्र्सना गर्दै महासंघले आईन्दा यस्तो घटना नदोह¥याउनसमेत प्रहरीलाई विज्ञप्ती माफ्र्त सचेत गराएको छ । खानतलासी गर्ने प्रहरी टोलीलाई अविलम्ब कार्वाही नभए नेपाल पत्रकार महासंघ शाखा सप्तरी कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी नेपाल पत्रकार महासंघ शाखा सप्तरीले दिएको छ ।
राष्ट्रिय
पत्रकार झाको घरमा विना कारण प्रहरीद्वारा खानतलासी
महासंघद्वारा भत्र्सना, दोषीलाई कार्वाहीको माग