• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

प्रदेशस्तरीय क्रिकेटको उपाधीमाथि सप्तरीको कब्जा

प्रदेशस्तरीय क्रिकेटको उपाधीमाथि सप्तरीको कब्जा

रौतहट, १३ असोज । रौतहटको चन्द्रपुरमा सञ्चालित सन्तदास कार्की (दास बावु) तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले बिहिवार सर्लाहीलाई एकपक्षीय खेलमा ४६ रनले पराजित गर्दै उपाधिमाथि कब्जा गरेको छ ।
स्व.शेरबहादुर दर्लामी स्मृति खेलमैदानमा सर्लाहिका कप्तान राजेश पुलामीले टस जिति पहिलो ब्याटिङ्गका लागि सप्तरीलाई निम्तो दिए पछि ब्याटिङ्ग गर्न ओर्लेका सप्तरीले निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय २६ रनको योगफल तयार पारेका थिए । सप्तरीका लागि आशिष झाले ३५ बलमा ३ चौक्का र १ छक्काको मदतले ३४ रनको योगदान दिएका थिए भने महवुव आलमले २४ बलमा २ चौक्का र १ छक्काको मदतले २४ रन तथा बिकास दासले २४ बलमा १ चौक्का र २ छक्काको मदतले नटआउट रहि २८ रनको योगदान दिए ।अविनाश कर्णले ११ रनको योगदान दिए ।
बलिङ्गतर्फ सर्लाहिका सन्दिप खडकाले २ बिकेट तथा सुशान्त सिंह, समशाद सेख, सोहन यादव र राजेश पुलामी मगरले समान १ बिकेट लिए । १ सय २७ रनको चुनौती लिई मैदानमा ओर्लेको सर्लाहीका ब्याट्सम्यानहरु सप्तरीको घातक बलिङ्ग सामु निरिह हँुदै १९ औं ओभरमा ८० रनमै समेटिएको थियो । सर्लाहीलाई सस्तोमा समेटन सप्तरीका किर्तिमानी खेलाडि महवुव आलमले आफनो ४ ओभरको स्पेलमा १ मेडन राख्दै १२ रन दिई महत्वपुर्ण ४ बिकेट लिएका थिए तथा उपेन्द्र रोयले ३ बिकेट लिएका थिए भने ३ खेलाडि रनआउट भएका थिए । सर्लाहीकालागि राजेश पुलामि मगर २१ रन बाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेका थिएनन् ।
खेलको म्यान अफ द म्याच सप्तरीका किर्तिमानी खेलाडि महवुव आलम घोषित भएका थिए भने उनले बेष्ट बौलर तथा म्यान अफ द सिरिजको उपाधि समेत हात पारेका थिए । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान सप्तरीका बिवेक यादव तथा उत्कृष्ट फिल्डर सर्लाहिका सन्दिप खडका भए ।
प्रतियोगितामा म्यान अफ द सिरिजलाई रु १० हजार सहित ट्रफी तथा प्रमाण पत्र प्रदान गरिएको थियो भने अन्य बिद्या प्राप्त गर्ने खेलाडिलाई रु. ५ हजार सहित ट्रफी तथा प्रमाण पत्र प्रदान गरिएको थियो । जितसँगै सप्तरीले रु. १ लाख नगद प्राप्त गरे भने सर्लाहीले रु. ५० हजारमै चित्त बुझाए ।