• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हात्ती आतङ्कबाट जोगिन अग्निसाईर मन्दिरमा हात्ती र बाघको पूजा

हात्ती आतङ्कबाट जोगिन अग्निसाईर मन्दिरमा हात्ती र बाघको पूजा

बृजमान तामाङ
बिरेन्द्र बजार, १० सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा हात्ती लगायतका जंगली जनावरले दिनहुजसो दुःख दिनथालेपछि अग्निसाईर मन्दिरमा मङ्गलवार स्थानीयले सामुहिक पुजा आयोजना गरेको छ ।
गाउँमा दैबी प्रकोप र बिपत्ति आएमा अग्निसाईर मन्दिरको पुजा गरे शान्ति हुने धार्मिक बिश्वास रहेकोले स्थानीयले चन्दा संकलन गरेर सामुहिक पूजा गरेको हो । हात्ती बाँदर सहित जंगली जनावरले बालीनाली नष्ट गर्नुको साथै ज्यान समेत जोखिममा पर्नथालेपछि शान्तिको कामना गर्दै पूजा गरेको पीडितहरुले बताए ।
जंगली हात्ती गाउँपसेर किसानले लगाएको बाली नष्ट गरि आहाराको खोजीमा घर तोडफोड गरेर बितन्डा मच्चाउन थालेकाले केही नलाहेर पुजा गरेको पीडित श्याम कुमार चौधरीले बताए । जंगली जनावरबाट असुरक्षित भएको कुरा स्थानीय सरकार, बन कार्यालय, जिल्ला प्रशासन लगायतका सम्बन्धित निकाएमा जानकारी गराउदा समेत सुनुवाइ नभको स्थानीय खड्ग बहादुर तामाङले बताए । हामीले हात्ती धपाउनु हरेक उपाय अपनायौ अग्निसाई कृष्णासवरन २ का सुर्यमान तामाङले भने, सम्बन्धि निकायमा समेत आग्रह र्गयौ कसैले चासो नदिएपछि संगठिन बनाएर पुजा गर्न बाध्य छौ । स्थायी बुढापाकाले अग्निसाईरको पुजा गरे जंगली जनावरले दुःख नदिने भनेकाले अन्तिम उपायको खोजीमा पुजा गरेको स्थानीय पीडितहरुको कथन रहेको छ ।
अग्निसाईर देउता सिसाएका कारण गाउँलेलाई सताएको पीडितहरुको बुझाई रहेको छ । बिगत पाँच बर्ष देखी यस क्षेत्रमा जंगली हात्ती, बाँदर, बँदेलले आतंक मच्चाउन थालेपछि हजारौं गिघा खेती योग्य जग्गा बाँझै रहने गरेको छ । सयौ घरमा तोडफोड गरेको छ भने दर्जनौं बस्ती बिस्थापित भएका छ्न । स्थानीयबासीले हात्ती, बाँदरको मुर्ति बनाएर पंडित बोलाएर पुजा गरेको थियो । उनीहरुले पुजा गर्न चन्दा संकलन गरेका थिए । संकलित चन्दाले हात्ती, बाँदर तर्साउने उपकरण र सुरक्षाका लागि जनजागरण गराउने अभियान चलाएको स्थानीयले जनाएको छ ।