• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सचेतना रयाली गर्दै लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान शुभारम्भ

सचेतना रयाली गर्दै लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान शुभारम्भ

राजविराज, ९ मंसिर । अधिकारवादी संस्थाहरुको विशेष सक्रियतामा सप्तरीको राजविराजबाट लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गरिएको छ ।
‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’, मुलनाराका साथ २८औ लैंगिक हिंसा विरुद्धको दिवसको अवसरमा प्लेकार्डसहित ¥याली निकालिएको हो । उक्त राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा पश्चात हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणमा सभामा परिणत भएको थियो ।
सभालाई सम्वोधन गर्दै इन्सेक प्रतिनिधी मनोहर पोखरेलले बोली र कर्ममा सामञ्जस्यता ल्याउँदै लैङ्गिक हिंसा बिरुद्ध राज्य ठोस रुपमा अघि बढनुपर्नेमा जोड दिए । सबै खाले हिंसा विरुद्ध एकजुट हुनु पर्नेमा जोड दिँदै उनले हिंसाका घटनामा शुन्य सहनशीलता अवलम्बन गर्नुपर्ने बताए ।
समग्र जनउत्थान केन्द्र लहान सहज परियोजनाका कार्यक्रम प्रबन्धक रामबाबु साहले घर परिवार, समाजबाटै सुरुवात हुने हिंसाको बिरुद्ध सबै एक ठाउँमा उभिनुपर्ने र हिंसा न्यूनिकरणकालागि पुरुषहरु पनि प्रतिवद्ध हुनुपर्ने बताए । एकल महिला समूहकी अध्यक्ष अनिता देवकोटाको अध्यक्षतामा आयोजित सभामा महिला शिक्षक मञ्जु श्रेष्ठ, प्रहरी निरीक्षक प्रकाश बस्नेत, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, सहयोगी समाजका रामप्रकाश चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश २ की सदस्य ललीता साह, रासस प्रतिनिधी पुनम पोखरेल लगायतले सम्वोधन गरे ।
कार्यक्रममा मानव अधिकारकर्मी, महिला मानवअधिकार रक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मी, कानूनव्यवसायी, शिक्षक, बिद्यार्थी, तेस्रो लिङ्गीलगायत किशोर–किशोरीहरुको उपस्थिति रहेको थियो । २५ नोभेम्बरदेखि सुरू भएको कार्यक्रम १० डिसेम्बर सम्म विशेष दिनका रुपमा विभिन्न कार्यक्रम गरी जिल्लाका विभिन्न स्थानमा १६ दिन सम्म मनाइने मूल समारोह समितिकी ललिता कर्णले जानकारी दिईन् ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पृष्ठभुमीलाई हेर्दा सन् १९६० मा डोमिनिकन गणतन्त्रको तात्कालिन त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका तीन राजनीतिक कार्यकर्ता दिदीवहिनीलाई निर्मम तरिकाले गरेको हत्यालाई महिलामाथि हुने राजनीतिक हिंसा वा महिलामाथि हुने हिंसाको रुपमा लिएर महिलावादीहरुले तीन दिदीबहिनी पेटिया, मिनर्भा र मारियाको सम्झनामा विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउन थालिएको हो ।