• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कङ्कालिनी मन्दिर विकास समितिमा नयाँ कार्यसमिति

कङ्कालिनी मन्दिर विकास समितिमा नयाँ कार्यसमिति

राजविराज, ६ मंसिर । सप्तरीको भारदहस्थित प्रसिद्ध कङ्कालिनी भगवती मन्दिर विकास समितिको अध्यक्षमा रामनारायण मण्डल निर्वाचित भएका छन् ।
मतदान प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका रामनारायणले तीन सय मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अध्यक्ष पदका प्रत्यासी श्यामसुन्दर मण्डलले २ सय ७१ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका प्रत्यासीहरु क्रमशः लक्ष्मण मण्डल १६०, सत्यजित झा(ज्योती) ३० र तुलाई गाईमले ७ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्ष पदमा चन्दन कापैरले ४ सय ३५ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी विनोद खड्गा २ सय ६० मत प्राप्त गरेका छन् । समितिको सचिव पदमा आकाशराज भण्डारीले १ सय ८४ मत प्राप्त गरी निर्वाचित भएका छन् । सोही पदका प्रत्यासीहरुले क्रमशः विनोद रजक १ सय २५, लक्ष्मण मण्डल १ सय २५, लालकुमार यादव १ सय १९ र प्रमोद झाले एक सय एक मत पाएका छन् । कोषाध्यक्ष पदमा चन्दन कुमार मण्डलले २ सय ३१ मत पाएर विजयी भएका छन् । सोही पदका प्रत्यासी गोपालराज मण्डल १ सय ६४, सत्यनारायण मण्डल १ सय ४२ र शम्भु मण्डल १ सय ४२ मत पाएका छन् ।
समितिको महिला सदस्यमा अनिता देवी अधिकारीले ४ सय ४५, बुदुर राम ३ सय ६५, दिनेश मण्डल २ सय ९७, जगदिश राउत २ सय ६५, जोगेन्द्र मण्डल २ सय १०, जितेन्द्रकुमार दास २ सय २ र विरेन्द्र कुमार मण्डलले १ सय ९३ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी निरसीदेवी कापैर १ सय ९४, बेचन मलाह २ सय ४२, अशोक खड्गा १ सय ७९, भोलाप्रसाद मण्डल १ सय ६५, हरि मण्डल १ सय ६४, बद्री पायक १ सय ३६, राजेश मण्डल १ सय ४०, सुकदेव साह १ सय ५८, जवाहर प्रमाणी १ सय २४, अशोक ठाकुर १ सय १४, राजेन्द्र पण्डित १ सय ५५, अशोक गाईम १ सय ३३, पंकज सिन्हा १ सय ३२, अवधी माझी १ सय २९ र बिन्देश्वर मण्डल १ सय २४ मत प्राप्त गरेका छन् ।